npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

काठमाडौंबाट बुटवल सर्‍यो हायात प्लेस

क्लिकमान्डु 19 hours ago

काठमाडौं । रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ सञ्चालनमा आएको छ । पाहुना र वर्ल्ड अफ हायातका सदस्यलाई सुविधा दिन हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो ।

नयाँ होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ-फाइ तथा २४ सै घण्टा खानाका परिकार जस्ता व्यावहारिक सुविधा उपलब्ध छन् ।

हायात प्लेस बुटवललाई बिजनेस (व्यापारिक) र लिजर (फुर्सदको समय बिताउने) दुवै प्रकारका यात्रुहरूको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको छ, जहाँ आराम र काम (प्रोडक्टीभिटी) बीचको सन्तुलन पाउन सकिन्छ।

पाहुनाहरूको सत्कारमा हायातको मूल मन्त्रलाई आत्मसाथ गर्नेछ । हायात प्लेस होटेलहरूको शैली, नवीनता र २४ सै घण्टा उपलब्ध हुने सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव प्रदान गर्नेछ ।

होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन् ।

होटेलको मुख्य आकर्षण भनेको १,५६० वर्ग फिट (१४५ वर्ग मिटर) मा फैलिएको ‘प्रेसिडेन्सियल सुइट’ हो, जसले विशिष्ट पाहुनाहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दछ । साथै, हायात प्लेस बुटवलमा १५० जनासम्म अटाउने ग्रान्ड बलरुम सहितको मिटिङ र कार्यक्रम स्थलहरू पनि उपलब्ध छन् ।

नेपालमा हायात प्लेस काठमाडौंको सोल्टीमोडस्थित सिटी होटल्समार्फत् प्रवेश गरेकामा त्यहाँको व्यवस्थापन छाडिसकेको छ ।

‘हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,’ हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, ‘हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौं ।’

हायात प्लेस बुटवलमा – सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान (जोन ) सहितका १०९ फराकिला गेस्टरुमहरू, जसमा ‘कोजी कर्नर’ सोफा-स्लिपर बेड समेत रहेको छ । साथै सबै पाहुनाको आवश्यकता अनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट उपलब्ध छ ।

दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने ‘द मार्केट’ पनि होटलमा उपलब्ध छ भने ‘जिङ बार’मा विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइन्छ ।

पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम पनि छ ।

होटेल र कोठाहरूमा निःशुल्क वाइ-फाइ छ भने पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तै: आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया) पनि छ ।

हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन् । आफ्नो भूमिकामा नगरले होटेलको दैनिक सञ्चालन व्यवस्थापन, कर्मचारीहरूको रेखदेख र हायात प्लेस ब्रान्डले दिने सेवा पाहुनाहरूले प्राप्त गरून् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी बहन गर्नेछन् । त्यस्तै, ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु र मिटिङ प्लानरहरूलाई सेल्स सेवा र सहयोग प्रदान गर्ने जिम्मेवारी सम्हालेका छन् ।

हायात प्लेसका होटेलहरूले शैली, नवीनता र २४ सै घण्टा उपलब्ध सुविधाहरूको संयोजन गरी आधुनिक व्यस्त यात्रुहरूका लागि सहज अनुभव सिर्जना गर्दछन् । पाहुनाहरूले सुत्न, काम गर्न र रमाइलो गर्नका लागि छुट्टाछुट्टै स्थानहरू (जोन्स) भएका कोठाहरूको आनन्द लिन सक्छन् । साथै, यहाँको खुला सामाजिक वातावरणले कामबाट विश्रामतर्फको संक्रमणलाई सहज बनाउँछ ।

विश्वभर ४४० भन्दा बढी स्थानहरूमा रहेका हायात प्लेस होटेलहरूमा सुविधाजनक खानपानका विकल्पहरू, २४ सै घण्टा खुल्ने फिटनेस सेन्टर र हरेक बिहान तातो ब्रेकफास्ट उपलब्ध हुन्छ ।

Read more news from Clickmandu

Explore by Source or Category