Clickmandu
नेपाली कम्युनिस्ट पार्टीको कार्यक्रममा व्यवसायीले किन गरे बिरोध ?

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको सभाको व्यवसायीले बिरोध गरेका छन् ।
नेकपाले आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभाको उनीहरूले विरोध गरेका हुन् । महँगो भाडा तिरेर कारोबार गर्ने व्यापारीको व्यवसाय बारम्बार राजनीतिक सभा–जुलुसले ठप्प पार्न थालेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन् ।
राजनीतिक दलका कार्यक्रमले गर्दा आफूहरूको व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरूले बिरोध गरेका हुन् ।
राजनीतिक दलले कार्यक्रम गर्ने स्वतन्त्रता भएजस्तै व्यवसायीलाई व्यापार गर्ने अधिकार भएको उनीहरूको भनाइ छ ।
दलहरूले व्यस्त सडक कब्जा गरेर सर्वसाधारणको दैनिकी प्रभावित पार्न खोजेको र यसले आफूहरूको व्यवसायमा समेत असर गर्ने व्यवसायी बताउँछन् ।
‘गरिखान देऊ’ भन्ने नारासहित पोखराका व्यवसायी बिरोधमा उत्रिएका हुन् । सडकमा हुने सभाले व्यापार व्यवसाय प्रभावित हुने भन्दै आन्दोलित हुनु परेको व्यवसायीको भनाइ छ ।
पोखरा चिप्लेढुंगामा आयोजित कार्यक्रम वरपरका व्यवसायीले विरोध जनाएका हुन् । पार्टीको कार्यक्रमले व्यवसायलाई असर गर्ने उनीहरुको तर्क छ । एकता सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल, भीम रावलसहितका नेताले सम्बोधन गरेका छन् ।