npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

तराईमा हुस्सु, पहाड–हिमालमा मौसम सफा

न्युज अफ नेपाल 5 hours ago

काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तराईका केही स्थानमा तुवाँलो र हुस्सु देखिएको छ भने पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो र राति तराईका केही स्थानमा हुस्सु रहने सम्भावना छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

हुस्सुको प्रभावले जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read more news from News of Nepal

Explore by Source or Category