npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

भुटानी शरणार्थी काण्डका आरोपी बालकृष्ण खाँण फेरि सक्रिय, राखे छुट्टै भेला

अनलाइन टीभी 19 hours ago

काठमाडौं । नक्कली भुटानी शरणार्थी काण्डका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँण फेरि राजनीतिमा सक्रिय भएका छन् । चार महिनासम्म हिरासतमा बसेर धरौटीमा रिहा भएका खाँण कांग्रेसमा पछिल्लो समय देखिएको विवादमा सरिक भएका छन् । सभापति शेरबहादुर देउवाले राखेका हरेक बैठकमा खाँण नियमित सहभागी हुँदै आएका छन् ।
खाँणकै अगुवाइमा कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि आइतबार छुट्टै भेला गर्ने भएको छ। दिउँसो २ बजे मध्यवानेश्वरस्थित सनराइज क्याफे एन्ड ब्याकेटमा बस्नेगरी भेला बोलाइएको हो। भेलामा नियमित छलफलमा जुट्दै आएका ७० बढी केन्द्रीय सदस्य उपस्थित हुने बताइएको छ ।
संस्थापन समूहलाई एकताबद्ध राख्न तथा आगामी रणनीतिबारे छलफल गर्न खाँणको अगुवाइमा भेला बस्न लागेको हो । यो समूह विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ। खाँणलाई विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालगायतको समर्थन रहेको बताइन्५ ।
संस्थापन पक्ष पार्टीको १५औँ महाधिवेशन चुनावअघि गर्न नहुने अडानमा छ। नियमित महाधिवेशन पनि वैशाखमा गरिपर्ने अडान यो समूहले लिएको छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category