npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

गगन थापा समूह पनि निर्वाचन आयोग जाँदै

राजधानी समाचारदाता 12 hours ago

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको नेतृत्वमा रहेको समूह फेरि निर्वाचन आयोग जाने भएको छ । देउवा पक्ष निर्वाचन आयोगमा पुगेपछि त्यसको काउन्टर दिन गगन पक्ष आयोग जान लागेको हो ।

शुक्रबार बिहान देउवापक्षका नेताहरू निर्वाचन आयोग पुगेका थिए । उनीहरूको दाबीको प्रतिवाद गर्न गगन पक्ष दिउँसो २ बजे निर्वाचन आयोग जाने नेता सुवास पोखरेलले जानकारी दिए । निर्वाचन आयोगले पनि गगनपक्षलाई छलफलका लागि बोलाएको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा गएको देउवापक्षले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ८ सय ८५ जना प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ । देउवा पक्षले हस्ताक्षर फिर्ता लिएको निस्सा समेत निर्वाचन आयोगमा पेश गरेको जनाएको छ ।

तर गगन पक्षले भने देउवा पक्षले भ्रम फैलाएको आरोप लगाएको छ । महामन्त्री गुरुराज घिमिरेले महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाटै कांग्रेसको नेतृत्व चयन भइसकेको अवस्थामा हस्ताक्षर फिर्ता लिनु अर्थहीन हुने बताए ।

महामन्त्री घिमिरेले अझै पनि महाधिवेशन प्रतिनिधिको अधिकार मिच्ने काम भइरहेको बताए ।

The post गगन थापा समूह पनि निर्वाचन आयोग जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category