npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

त्रिभुवन विमानस्थलमा फ्लाइट क्यालिब्रेसनका कारण आकाशमा फन्को मार्दै जहाज

क्लिकमान्डु 4 hours ago

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाइट क्यालिब्रेसन (विमानस्थलमा परीक्षण उडान) का कारण काठमाडौं माथिको आकाशमा कयौं जहाजले फन्को मारिरहेका छन् । आन्तरिक र वाह्य उडानका जहाज अवतरणको पर्खाइमा आकाशमै होल्ड भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कम चाप भएको समयमा र अरु जहाजलाई असर नपर्ने गरी फ्लाइट क्यालिब्रेसन हुने गरेको दाबी गरे पनि हाल आन्तरिक र अन्तर्राष्ट्रिय उडानका केही जहाजलाई असर परेको छ ।

ती जहाज अवतरण गर्न नपाएर आकासमा होल्ड भएका हुन्। ती जहाज आकासमै फन्को मारेर अवतरणको पर्खाइमा रहेका छन् ।

एक घण्टासम्म हुने यो उडानमा विमानस्थलको हवाई उपकरणको चेकजाँच हुने विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए । उनका अनुसार यो उडान एरो थाइले गरिरहेको छ ।

विमानस्थलमा हुने नियमित हवाई उपकरणको परीक्षणका लागि यस्तो क्यालिब्रेसन फ्लाइट हुने र औपचारिक तालिकामा भएकोले जहाजहरुलाई थप भार नपर्ने गरी गरिएको पनि उनले दाबी गरे ।

Read more news from Clickmandu

Explore by Source or Category