npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

प्राकृतिक विपदपछि कृषकद्धारा प्रदेश सरकारसमक्ष राहत उपलब्ध गराउन माग

अभयकुमार राई 3 weeks ago

माेरङ – असोज १५ देखि १७ गते मोन्था चक्रवातको प्रभावसंगै परेको अविरल वर्षा र बाढीबाट क्षति ब्यहोरेका कोशी प्रदेशका कृषकहरुले राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन्। विराटनगरस्थित मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई आइतबार राष्ट्रिय किसान सञ्जालले धानबाली र तरकारी बालीमा वर्षा र बाढीले पुराएको क्षतिबारे जानकारी गराउदै राहत माग गरेको हो।

सो क्रममा कृषकहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यसमेत नपाएको सञ्जालले गुनासो गरेको थियो। उनीहरुले मुख्यमन्त्री कार्कीसमक्ष धान विक्रीका लागि राज्यले तोकेको न्यूनतम समर्थन मूल्य उपलब्ध गराउन माग गरेका थिए। त्यसैगरि, उखु किसानहरुको भुक्तानी हुन बाँकी रहेको रकम समेत तत्काल उपलब्ध गराउन सञ्जालले ज्ञापनपत्रमार्फत मुख्यमन्त्री कार्कीसंग आग्रह गरेका थिए। सोक्रममा मुख्यमन्त्री कार्कीले किसानहरुको समस्यालाई सरकारले सहीरुपमा समाधान गर्न पहल गर्ने जनाएका थिए। त्यसैगरि, अविरल वर्षाले पुराएको क्षतिबारे समेत सरकार गंभीर रहेको मुख्यमन्त्री कार्कीले बताएका थिए।

विराटनगरस्थित कृषि विकास निर्देशनालयले मोन्था चक्रवातको प्रभावमा परि कोशी प्रदेशमा ५६ हजार टन बढि धानबाली क्षति भएको जनाएको छ। त्यसैगरि, करिब २ हजार टन तरकारी बालीमा समेत क्षति पुगेको निर्देशनालयको प्रारम्भिक तथ्यांकमा देखिएको छ। निर्देशनालयका अनुसार अविरल वर्षाले कोशी प्रदेशको १२ हजार ४ सय ३२ हेक्टर क्षेत्रफलमा लगाइएको करिब २ अर्ब १ करोड रुपैया बढिको धानबालीमा क्षति पुगेको छ। त्यसैगरि, करिब ४ करोड रुपैया बराबरको तरकारी बालीमा क्षति पुगेको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category