Clickmandu
अग्राधिकार सेयरको स्वीकृति पाउने पहिलो विकास बैंक बन्यो कामना सेवा

काठमाडौं । कामना सेवा विकास बैंक नेपाल धितोपत्र बोर्डबाट अग्राधिकार सेयर जारी गर्ने स्वीकृति पाउने पहिलो विकास बैंक बनेको छ । बोर्डले कामना सेवालाई ३५ करोड रुपैयाँ बराबरको यस्तो सेयर जारी गर्न स्वीकृति दिएको हो ।
कामना सेवा अग्राधिकार सेयरको स्वीकृति पाउने नबिलपछि दोस्रो बैंक हो ।
बोर्डको स्वीकृतिअनुसार कामना सेवा विकास बैंकले ९ प्रतिशत लाभांश दर तोकिएको १०० रुपैयाँ अंकित ३५ लाख कित्ता अविमोच्य असञ्चिती अग्राधिकार सेयर निष्काशन गर्ने छ । कामना सेवाको १८ आंै वार्षिक साधारणसभावाट अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरि नेपाल राष्ट्र बैंकको स्वीकृती लिई धितोपत्र वोर्ड समक्ष स्वीकृतीका लागि पेश गरेकोमा बोर्डले स्वीकृती प्रदान गरेको हो ।
उक्त अग्राधिकार सेयर जारी गरेसँगै विकास बैंकको पुँजीगत संरचना थप सुदृढ भई पुँजीकोष बढ्न जाने तथा
व्यवसाय विस्तारको अवसर बढ्ने बैंकले जनाएको छ । हालको बजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयरमा लगानीको उचित माध्यम हुनेछ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रुपमा सर्कुलर मार्फत् अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।