npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

मेलुङ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 

न्युज अफ नेपाल 8 hours ago

दोलखा। 

दोलखाको मेलुङ गाउँपालिकामा आईतवारबाट पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मेलुङ गाउँपालिकाको आयोजना तथा त्रिभुवन माध्यामिक विद्यालयको व्यवस्थापनमा अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगीताको उद्घाटन गर्दै  बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्री भरत बहादुर केसीले अहिले मुलुकमा केही पनि भएको छैन भन्ने भाष्य स्थापित गर्न खोजिएकोले यसलाई चुनौती दिनु आवश्यक भएको बताए । 

मुलुकमा सडक, विजुली लगायतका कुरामा उल्लेख्य विकास भएपनि केही भएको छैन भन्ने भाष्य स्थापित गर्दै मुलुकलाई खरानी बनाउन खोज्नेहरुसंग सचेत हुनुपर्ने मन्त्री केसीको भनाई छ । 

मेलुङ गाउँपालिकामा सुरु भएको अन्तर विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा बिभिन्न ११ वटा माध्यामिक विद्यालयको सहभागिता रहेको पालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष नवराज खड्काले बताए । 

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरको सभापतित्वमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रममा पालिका उपप्रमुख गायत्री आचार्य, वडा अध्यक्षहरु, पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

Read more news from News of Nepal

Explore by Source or Category