npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

न्युज अफ नेपाल 20 hours ago

काठमाडौँ
लुम्बिनी विकास बैंक लिमिटेडले बुधबार मिति २०८२ पौष ३० गते आफ्नो १८औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सोही आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावलगायतका एजेन्डाहरू स्वीकृत गरेको छ ।

साधारण सभामा प्रस्तुत आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदनमाथि सहभागी शेयरधनीले उठाएका जिज्ञासा तथा प्रश्नको अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट तथा सन्तोषजनक जवाफ दिनुभएको थियो । उहाँहरूले बैंकको वित्तीय अवस्था, सेवा विस्तार, जोखिम व्यवस्थापन र भावी योजनाबारे जानकारी गराउँदै बैंकलाई थप सबल र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हाल लुम्बिनी विकास बैंक लिमिटेड देशका सातै प्रदेशमा आफ्नो कारोबार विस्तार गर्दै विभिन्न स्थानहरूमा ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले उच्चस्तरीय, सुरक्षित, आधुनिक तथा नवीनतम प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्दै ग्राहकको विश्वास र सन्तुष्टि अभिवृद्धि गर्दै आइरहेको जनाएको छ ।

Read more news from News of Nepal

Explore by Source or Category