News of Nepal
“कांग्रेस एक हुन सकेन, तर चुनावी लडाइँ जित्नुपर्छ : डा. शेखर कोइराला”
काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै अब आसन्न निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्। कांग्रेस विभाजनका विषयमा दोषारोपणले राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्ने भन्दै उनले यसबारे इतिहासले नै मूल्यांकन गर्ने उल्लेख गरेका छन्।
नेता कोइरालाले कांग्रेस कमजोर पार्न विभिन्न आन्तरिक र बाह्य षड्यन्त्र भएको दाबी गर्दै ती प्रयास रोक्न नसकिएको स्वीकार गरे। विपी कोइरालाको स्मरण गर्दै उनले पार्टीभित्रको विभाजनलाई नियतिको कठोर सत्यका रूपमा बुझ्नुपर्ने बताए।
आगामी निर्वाचनमा कांग्रेसको आठ दशक लामो गौरव जोगाउन संगठनात्मक ऊर्जा आवश्यक रहेको उल्लेख गर्दै उनले सम्पूर्ण कार्यकर्तालाई एकतामा फर्कन आह्वान गरे। “यहाँ जित–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अघि बढ्न सक्छौँ,” भन्दै उनले कांग्रेसमै बसेर नेपालको भविष्य निर्माण गर्नुपर्ने धारणा राखे।
अन्त्यमा उनले पार्टीभित्र सुधारका प्रक्रिया निरन्तर अघि बढ्ने विश्वास दिलाउँदै कांग्रेसको चुनावी अभियान लिएर जनताको घरदैलोमा जाने प्रतिबद्धता व्यक्त गरे।
