राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
एनसिसी दीक्षान्त समारोह सम्पन्न
सुनसरी । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१औँ एनसिसी जुनियर डिभिजन तालिमको तेस्रो चरणको दीक्षान्त समारोह सम्पन्न भएको छ । मोरङको याङ्शिलास्थित पूर्वी तालिम शिक्षालयमा गत पुस ११ गतेदेखि सञ्चालन भएको तेस्रो चरणको तालिम आज सम्पन्न भएको हो ।
उक्त तालिममा कोशी, मधेस र बागमती प्रदेशका १३ जिल्लाका १८ विद्यालयबाट सहभागी ५३१ जना विद्यार्थी दीक्षित भएको राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।
दीक्षान्त समारोहका अवसरमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले खुकुरी ड्रिल, तेक्वान्दो पिटी, एरोबिक्स तथा विपद् व्यवस्थापनसम्बन्धी डेमो प्रदर्शन गरेका थिए ।
समारोहमा राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी श्रेष्ठले क्याडेटलाई राष्ट्रिय झण्डा र सेवा दलको झण्डासहित शुभकामना सन्देश दिनुका साथै शपथ ग्रहण गराएका थिए ।
The post एनसिसी दीक्षान्त समारोह सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....