npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

विधागत रुपमा सेजन अवार्ड वितरण, बेल्वासेलाई १ लाख

क्लिकमान्डु 8 hours ago

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९ औं वार्षिकोत्सब तथा अवार्ड बितरण समारोहमा एक लाख राशीको सेजन पत्रकारिता पुरस्कार ५०/५० हजारका दरले २ जनालाई प्रदान गरिएको छ । सेजन अवार्ड पाउनेमा नयाँ पत्रिकाका पवन तिमिल्सिना र अनलाइनखबरका भुवन पौडेल छ्न् ।

सेजनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई सन्जय न्यौपाने रिसर्च फेलोशिप प्रदान गरिएको छ । यसको राशी एक लाख रुपैयाँको छ ।

कार्यक्रममा नेपालन्युजका उद्बब थापा र अन्नपूर्ण पोस्टकी सुनिता कर्कीलाई डा.भोला चालिसे लिबरल जर्नालिजम अवार्ड प्रदान गरिएको छ । बिजमाण्डुका सुनिल कुवरलाई डिजिटल मिडिया अवार्ड प्रदान गरिएको छ ।

छापा अवार्ड कान्तिपुर दैनिकका बिमल खतिवडालाई प्रदान गरिएको छ । यी पुरस्कारको राशी ५०/५० हजार रुपैयाँको छ ।

Read more news from Clickmandu

Explore by Source or Category