npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

मधेस सरकारमा राप्रपाको सहभागिताप्रति अध्यक्ष लिङ्देनको आपत्ति, फिर्ता नभए कारबाहीको चेतावनी

देश सञ्चार 3 weeks ago

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मधेस प्रदेश सरकारमा पार्टीका सदस्यहरूको सहभागिताप्रति गम्भीर असहमति जनाउँदै तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राप्रपाका सदस्यहरूको मधेस प्रदेश सरकारमा सहभागितालाई “अनुशासनको गम्भीर उल्लंघन” भनेका छन्।

अध्यक्ष लिङ्देनले आफ्नो स्टाटसमा भनेका छन्, “मधेस प्रदेश सरकारमा राप्रपाको सहभागीताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यो अनुशासनको गम्भीर उल्लंघन हो। राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ। अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।”

राप्रपाले प्रदेश सरकार विघटनको पक्षमा आफ्नो अडान राख्दै आएको सन्दर्भमा पार्टीकै सदस्यहरू प्रदेश सरकारमा सहभागी हुनुलाई अध्यक्ष लिङ्देनले अनुशासन विपरीतको कार्यको रूपमा लिएका छन्। पार्टीको निर्देशन अवज्ञा गरी सरकारमा बसिरहेका सदस्यहरूलाई विधानअनुसार कारबाही गर्ने चेतावनीसमेत उनले दिएका छन्।

Read more news from देशसञ्चार

Explore by Source or Category