npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट रक्सी र चामलसहितका सामान बरामद

क्लिकमान्डु 1 day ago

सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर प्रचारमा प्रयोग भइरहेको जिपबाट प्रहरीले खाद्यान्न र मदिराजन्य सामग्री बरामद गरेको छ । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ।

सोमबार बिहान बन्गाड कुपिन्डे नगरपालिका–१, सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई प्रहरीले रोकेको थियो ।

जिप चालक सिद्धकुमाख गाउँपालिका–४ निवासी २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र जिपमा सवार ३७ वर्षीय मोहन बीसीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार जिपमा निर्वाचन प्रभावित पार्ने उद्देश्यले लगिएको हुनसक्ने आशंकामा २५ केजीका दुई बोरा चामल, सात कार्टुन मदिरा, दुई कार्टुन बियर तथा तीन कार्टुन खानेतेल बरामद गरिएको छ।

उता रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले भने जिपमा राखिएको सामग्री स्थानीय व्यापारीको भएको दाबी गरेका छन्। प्रचारमा प्रयोग भइरहेको सवारीसाधनमा व्यापारीले सामान राख्नु गल्ती भएको उनको भनाइ छ।

Read more news from Clickmandu

Explore by Source or Category