Clickmandu
पेट्रोलमा तीन र डिजेलमा १ रुपैयाँ घट्यो
राजेश बर्मा
|
6 hours ago

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले बिहिबार राति १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर एक सय ३६ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।