npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

राष्ट्रिय लिगका खेल एमएसएम भिडियो एपमार्फत प्रत्यक्ष हेर्न सकिने

अनलाइन टीभी 6 hours ago

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी राष्ट्रिय लिगका खेलहरू अब दर्शकले एमएसएम भिडियो एप मार्फत प्रत्यक्ष (लाइभ) हेर्न सक्ने भएका छन्।

एन्फा र एमएसएम भिडियोबीच भएको सहकार्यअनुसार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सलगायत विभिन्न मैदानमा हुने राष्ट्रिय लिगका सबै खेलको लाइभ स्ट्रिमिङ एमएसएम भिडियो एपमा उपलब्ध हुनेछ। यससँगै मैदानसम्म पुग्न नसक्ने फुटबलप्रेमीले मोबाइल वा स्मार्ट टिभीमार्फत सजिलै खेलको प्रत्यक्ष आनन्द लिन सक्नेछन्।

विना रेलिगेसन सञ्चालन भइरहेको राष्ट्रिय लिगमा १३ ए डिभिजन टोली र प्रेसिडेन्ट कपबाट छनोट भएका ४ टोली गरी कुल १७ टोली सहभागी छन्। लामो समयदेखि ए डिभिजन लिग सञ्चालन हुन नसकेको अवस्थामा राष्ट्रिय लिगले नेपाली फुटबललाई चलायमान बनाएको एन्फाको भनाइ छ।

एमएसएम भिडियो एपमार्फत लाइभ प्रसारण सुरु भएसँगै नेपाली फुटबलको पहुँच देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली दर्शकमाझ समेत विस्तार हुने अपेक्षा गरिएको छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category