चार महिनामा जीवन बीमकको कुल व्यापार ६२ अर्ब २१ करोड माथि, कुनको बजार हिस्सा कति ?
काठमाडौं । आर्थिक वर्ष २०८२/ ८३ को कात्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार बीमा कम्पनीहरुले १ करोड १४ लाख ९० हजार ४६५ वटा बीमा पोलिसी बिक्री गरी कुल ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १७ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले ७ अर्ब ४७ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ६ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
हिमालयन लाइफले ५ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले ३ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले २ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
मेट लाइफले २ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ९४ रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।