npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

वाणिज्य बैंकहरुमा रु. ४३ अर्बको गैरबैंकिङ सम्पत्ति, कुनमा कति ? (सूचीसहित)

जयराम गौतम 7 hours ago

काठमाडौं । वाणिज्य बैंकहरुमा ४३ अर्ब रुपैयाँ बढीको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ५ महिना मंसिरसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकहरुमा ४३ अर्ब ५ करोड १२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३२ अर्ब ६५ करोड ५४ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमा ३१.८३ प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ। वाणिज्य बैंकहरुमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकमा गैरबैंकिङ सम्पत्ति रहेको छैन।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ४ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १५ वटाको बढेको छ। वाणिज्य बैंकहरुमध्ये प्राइम र नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ। कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

चालु आर्थिक वर्षको मंसिरसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको देखिएको छ। यो बैंकमा ५ अर्ब ९९ करोड ७० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकमा ५ अर्ब १३ करोड १३ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस्तो सम्पत्ति १६.८७ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंक र तेस्रो एनआईसी एसिया बैंकमा रहेको छ। समीक्षा अवधिसम्म हिमालयनमा ५ अर्ब ९२ करोड १६ लाख रुपैयाँ र एनआईसी एसियामा ४ अर्ब ३९ करोड ४६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्ष तुलनामा यस्तो सम्पत्ति दुवै बैंकमा क्रमशः ५१.४० प्रतिशत र ६.०२ प्रतिशतले बढेको छ।

सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ। समीक्षा अवधिसम्म यो बैंकमा २६ करोड ४२ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ। अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति २९.४५ प्रतिशतले बढेको छ।

कुन बैंकमा कति गैरबैंकिङ सम्पत्ति ?

Read more news from Insurance Khabar

Explore by Source or Category