Clickmandu
क्यासिनोमा धारिलो हतियार देखाएर लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौं । बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ६ बस्ने ४२ वर्षीय दावा सेट्टी र बूढानीलकण्ठ नगरपालिका १२ बस्ने रणे भनिने २९ वर्षीय रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीहरूले धारिलो हतियार देखाएर क्यासिनो काउन्टरबाट नगद लुटेका थिए । क्यासिनो तोडफोड तथा आगजनी गरेर उनीहरू फरार रहेका थिए ।
प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टराईले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जानकारी दिए । चोरी तथा डाँका सम्बन्धी कसुर आपराधिक उपद्रव गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।
भट्टराईका अनुसार उनीहरूलाई ७ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ ।