npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

चाँदीको कारोबार गर्ने हिमालयन बुलियनले १२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्ने

क्लिकमान्डु 5 hours ago

काठमाडौ‌ । हिमालयन बुलियन कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । चाँदीको कारोबार गर्दै आएको कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ज्योति क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा हिमालयन बुलियन कम्पनीका अध्यक्ष भीष्म प्रसाद गौतम र ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निष्कासन गर्न लागेको सेयर सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू समेत), सामूहिक लगानी कोष तथा कर्मचारीहरूका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।

सम्झौतासँगै ज्योति क्यापिटलले कम्पनीको आईपीओ निष्काशन सम्बन्धी सम्पूर्ण व्यवस्थापन, नियमक निकायहरूसँगको समन्वय, पत्राचार र अन्य प्राविधिक कार्यहरू सम्हाल्नेछ ।

कम्पनी ऐन, २०६३ र धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम प्रक्रिया पूरा गरी कम्पनीले निकट भविष्यमा नै आईपीओ निष्कासन गर्ने जनाएको छ । हिमालयन बुलियनको रजिष्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका वडा नं. १ मा रहेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category