एनआईसी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त
नानु खड्का (निर्जला)
|
13 hours ago
काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआइसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी हुन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालिसकेकी छन् ।