npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

न्युज अफ नेपाल 10 hours ago

काठमाडौं
एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीलाई ठूलो सहयोग पुर्याउनेछ ।

सो गेटवेमार्फत व्यवसायीले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टर कार्ड मार्फत ग्राहकबाट भुक्तानी लिन सक्नेछन । यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।

पेमेन्ट गेटवेमा ३ डी सेक्योर प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरणका लागि ओटीपी वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ । यसरी कार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुने र अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापार गर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडि बढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ । सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षित बनाएर, यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएको छ । आफ्ना ग्राहकलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूले आफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

Read more news from News of Nepal

Explore by Source or Category