npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

न्यायलय नै विक्री भएपछि न्याय खोज्न कहाँ जाने ? : यादव

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा भएको घर भत्काएपछि घरधनी इन्दल यादव (सुधिर)ले न्याय र क्षतिपुर्तिको माग गरेका छन् । नगरपालिकाबाट नक्सा पास गराई बनाएको घर भत्काएपछि न्याय माग्दै आज काठमाडौंमा पत्रकार सम्मेलन गरेका छन् ।

१ कठा १० धुर जग्गा रहेको र चन्द्रपुर नगरपालिकाबाट नक्सा पास गराई बनाएको २० कोठे घर आफ्नो अनुपस्थितिमै डोजर लगाएर भत्काइएको उनले बताए । नापी कार्यालय र जिल्ला अदालतको सरजमिन मुचुल्का अनुसार घर बनाएको तर उच्च अदालत वीरगंज इजलासले जिल्ला अदालतको निर्णय उल्टाइएपछि घर भत्काएको यादवले बताए ।

‘लम्बाई, चौडाइ र नापी कार्यालयको नक्सा अनुसार नगरपालिकाले स्वीकृत गरेको नक्सा अनुसार नै मैले घर बनाएको हो । जिल्ला अदालतको सरजमिन मुचुल्का, नापी कार्यालयको नक्सा र नगरपालिकाले स्वीकृत गरेको नक्सा एउटै रहेको र सोही अनुसार घर बनाएको हो,’ यादवले भने, ‘तर यहाँ त केही न्यायाधीसहरु त पसल थापेर बसेका छन् । नक्साको स्वरुप नै परिवर्तन गरेर फैसला सुनाउने र मेरो उपस्थिति बिना नै घर भत्काउने जुन काम भयो । मेरो जिवनभरीको कमाई गयो । मलाई न्याय चाहियो ।’

घर भत्काउँदा करिब डेढ करोडभन्दा बढीको क्षति भएको यादवले बताए । घर, हार्डवेयरका समान लगायत क्षति भएको उनले बताए । उच्च अदालत वीरगंजले सार्वजनिक जग्गा परेको भन्दै भत्काउन भने पनि जिल्ला नापी कार्यालय, नगरपालकाको स्वीकृत नक्सा र जिल्ला अदालतको सरजमिन मुचुल्का एउटै रहेको यादवले बताए ।

‘जिल्ला नापी कार्यालयको नक्साको चारकिल्ला भित्रै घर रहेको । घरको पूर्वपछि चन्द्रपुर–गौर सडक रहेको छ । र पश्चिमपटि राजकुल्लोको भाग यथावत रहेको छ । तर अदालतले नापी कार्यालयको नक्साको स्वरुप नै परिवर्तन गर्ने गरी फैसला गर्नु न्यायसंगत छैन,’ यादवले भने ।

जिल्ला अदालत गौरका न्यायाधीस मनिराम न्यौपानेको फैसला उच्च अदालत वीरगंज न्यायलयका न्यायाधीसद्धय ऋषीराम निरौला र दिपेन्द्रबहादुर बमले उल्टयाउँदै घर बनाएको जग्गा सार्वजनिक कायम गरेका थिए । त्यसपछि घरधनी बबिता कुमारी यादव र श्रीमान इन्दल यादवले नक्सा अनुसार घर बनाउदा किन भत्काएको भन्ने प्रश्न गर्दै न्यायको माग गरेका छन् । यादव परिवारले यसको उच्चस्तरीय छानबिन गर्नुपर्ने, नक्सा अनुसार जग्गा कायम गर्नुपर्ने, भएको क्षतिपुर्ति पाउनुपर्ने लगायतका माग गरेका छन् ।

The post न्यायलय नै विक्री भएपछि न्याय खोज्न कहाँ जाने ? : यादव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category