News of Nepal
विप्लव र जेन–जी अगुवा मिराज ढुङ्गानाबीच ४ बुँदे सहमति
न्युज अफ नेपाल
|
3 hours ago
काठमाडौँ।
नेत्रविक्रम चन्द ‘विप्लव’ र जेन–जी आन्दोलनका अगुवा मिराज ढुङ्गाना नेतृत्वको समूहबीच कार्यगत एकता कायम गर्ने सहमति भएको छ।
बिहीबार दुवै पक्षबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिअनुसार सर्वपक्षीय सहमति निर्माण गर्दै अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा संघर्ष गर्ने विषयमा दुवै पक्ष एकमत भएका छन्।
यसका साथै जेन–जी आन्दोलनले उठाएका मागहरू पूरा गराउन संघर्ष गर्ने, आन्दोलन तथा जनआकांक्षाअनुसार संविधान संशोधन गर्दै स्थिर सरकार गठनको दिशामा अघि बढ्ने सहमति भएको छ।
त्यसैगरी भ्रष्टाचारविरुद्ध विशेष न्यायिक संयन्त्र गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त आन्दोलन गर्ने विषय पनि सहमति पत्रमा समेटिएको छ।