npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी

क्लिकमान्डु 7 hours ago

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसमक्ष राजीनामा बुझाएका हुन् । नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा बुझाएको विषय प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले सेतोपाटीलाई जानकारी दिएका छन् ।

पाण्डेले घरायसी कारण देखाउँदै माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा रहेका पाण्डेले यसअघि नै महानगरप्रमुख बालेन शाहले राजीनामा दिनुअघि आफू पद छाड्ने तयारीमा रहेको बताएका थिए ।

यसैबीच, काठमाडौं महानगरका मेयर बालेन शाह पनि झापाबाट चुनाव लड्ने तयारीमा रहेका छन् ।

Read more news from Clickmandu

Explore by Source or Category