npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

आगजनी र तोडफोडमा संलग्न ६ जना मोरङ प्रहरीको फन्दामा

योगेन्द्र योगी 1 hour ago

सुन्दरहरैंचा(मोरङ) । जेनजी आन्दोलनका क्रममा विराटनगरको सरकारी कार्यालय आगजनी गर्ने ६ जनालाई पक्राउ परेका छन् । भाद्र २३ र २४ गते जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रशासन कार्यालय तथा सरकारी वकिल कार्यालयहरुमा तोडफोड तथा आगजनी गर्ने महेश नेपाल,आवाज पौडेल, राजिव यादव,ताजिम अन्सारी,अरुण साह र बलराम कामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उनीहरु उपर मोरङ जिल्ला अदालत विराटनगरबाट अपराधिक उपद्रो मुद्वामा प्रकाउ पुर्जी जारी गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आइतबार निजहरुको घरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको मोरङकी प्रहरी प्रवक्ता कोपिला कोपिला चुँडालले जानकारी दिईन्। पक्राउ परेका ६ जनाकै जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको जनाएको छ।

घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान तथा खोजतलास गर्ने क्रममा प्राप्त फोटो, भिडियो सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा फैलिएका फोटो तथा भिडियोका आधारमा पहिचान गरी पक्राउ गरिएको हो । उनीहरूमाथि ‘अपराधिक उपद्रह’ मुद्दा चलाउने प्रहरीको तयारी रहेको छ ।

केहिदिन अघि मात्र इलाका प्रहरी कार्यालय इटहरीको भवन र सवारी साधन तोडफोड, आगजनी, लुटपाट तथा सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरुलाई दुर्व्यवहार सुनसरी इटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय विजय लिम्वु, इटहरी-५ का ४४ बर्षीय दिपेन्द्र कुमार कार्की, इटहरी-८ का २४ बर्षीय आभाष कार्की, इटहरी-४ का २४ बर्षीय सोनम कार्की र भोजपुर याङपाङ्ग घर भई इटहरी-४ स्थितमा बस्दै आएका ४७ बर्षीय मदन खत्रीलाई प्रहरी पक्राउ गरेको थियो।

घटनामा संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलास भईरहेको हुँदा आगजनी तोडफोड र प्रहरीको हातहतियार लुटपाटका घटनामा संलग्न व्यक्तिहरुको फोटो तथा भिडियोहरु फेला परेमा तथा प्रहरीको हातहतियार लुकाई छिपाई राखेको भन्ने बुझिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई अनुसन्धान कार्यमा सहयोग गरी दिन कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले अनुरोध गरेको छ।

The post आगजनी र तोडफोडमा संलग्न ६ जना मोरङ प्रहरीको फन्दामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category