npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

सुनिल शर्माको अभिव्यक्तिबारे सामाजिक सञ्जालमा भ्रामक दाबी फैलिएको भन्दै प्रतिक्रिया

अनलाइन टीभी नेपाल 1 day ago

काठमाडौं l नेपाली कांग्रेसका लोकप्रिय नेता तथा पूर्व सांसद सुनिल शर्माले आफ्नो अभिव्यक्तिसम्बन्धी विभिन्न भ्रामक, अपुष्ट र मनगढन्ते दाबीहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले संवेदनशील विषयहरू—जस्तै सम्मानित अदालत, संविधान तथा लोकतान्त्रिक राजनीतिक व्यवस्थासम्बन्धी भनाइहरूलाई तोडमोड गरी प्रस्तुत गर्ने प्रवृत्ति देखिनु अत्यन्त चिन्ताजनक रहेको बताए।

शर्माका अनुसार यस्ता गतिविधिहरूले केवल व्यक्तिगत प्रतिष्ठामाथि मात्र नभई मुलुकको लोकतान्त्रिक संरचना र सार्वजनिक विश्वासमाथि समेत प्रत्यक्ष असर पारिरहेको छ।

“तथ्यविहीन सामग्रीको तीव्र प्रसारले समाजमा भ्रम र अविश्वास बढाएको छ,” शर्माले भने। उनले सबै सरोकारवालाहरू र सञ्चारकर्मीहरूलाई तथ्यमा आधारित सूचनालाई मात्र मान्यता दिन तथा अपुष्ट वा मनगढन्ते सामग्री प्रसारण नगर्न आग्रह गरे।

उनका अनुसार आफ्नो आधिकारिक धारणा तथा जानकारीहरू स्वयंका आधिकारिक डिजिटल प्लेटफर्म तथा विश्वसनीय स्रोतमार्फत मात्र सार्वजनिक हुने भएकाले अन्यत्र प्रस्तुत गरिएका दाबीहरूलाई आधिकारिक विचारका रूपमा नलिन आग्रह गरिएको छ।

शर्माले आफू सत्यनिष्ठा, पारदर्शिता र लोकतान्त्रिक आस्थाका सिद्धान्तप्रति अटल रहेको उल्लेख गर्दै जनताको माया र समर्थन नै आफूलाई अघि बढाउने प्रेरणा भएको बताए।

डा. शर्मा पछिल्ला वर्षहरूमा निःशुल्क स्वास्थ्य सेवा, आकस्मिक उपचार सहयोग र सामाजिक उत्तरदायित्वमूलक गतिविधिका कारण मोरङ क्षेत्र नं ३ मात्र होइन, देशभर नै लोकप्रिय युवा नेताका रूपमा उभिन थालेका छन्।

Read more news from Online Tv Nepal

Explore by Source or Category