News of Nepal
सबै मतदान केन्द्रमा पुगे निर्वाचन कर्मचारी
बाजुरा।
भौगोलिक विकटका वावजुत फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन गराउन कर्मचारी र सुरक्षाकर्मीहरु सोमवार बेलुकी नै बाजुराका ११८ वटै मतदान केन्द्रमा पुगेर आवश्यक प्रक्रिया थालेका छन् । बुढिनन्दा ४ देवडाँडा मा.वि. मतदान केन्द्रमा निर्वाचन अधिकृतको टोली र नेपाल प्रहरीको टोली सोमवार दिउँसो पगेको हो ।
मतदान केन्द्र्रमा पुगेर हिजो नै “क” र “ख” बुथमा निर्वाचन सम्बन्धी अनुसुचीहरु टास गरिएका छन् । मतदान केन्द्रको क्षेत्र तोकिएको छ । ३०० मिटरको आसपासमा आधारमानेर प्रचारप्रसार गर्न निषेध गरिएको छ । शान्ति भङ्ग नगर्न सूचना टाँसिएको छ । मादक पदार्थ सेवा तथा विक्री वितरणमा रोक लगाईएकोछ।
त्यस्तै निर्वाचन स्थल तथा आसपासका क्षेत्रमा हात हतियार लिएर हिँडडुल गर्न रोक लगाइएको सूचना प्रकाशन गरेको निर्वाचन अधिकृत राजबहादुर भण्डारीले बताए। आज दिउँसो एक बजे सर्वदलीय सर्वपक्षीय बैठक वोलाएको र आवश्यक छलफल गराइएको छ निर्वाचन अधिकृत भण्डारीले भने । निर्वाचन सामाग्री सहित निर्वाचन अधिकृत सहायक कर्मचारी र नेपाल प्रहरी तथा निर्वाचन प्रहरीको टोली सोमवार साँझ पुगेको हो भने नेपाली सेनाको टोली भने २० गते मात्र आउने कुरा छ एक कर्मचारीले भने ।
त्यस्तै जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिकाको लम्पाटा, रुगिन बिछ्याँ स्वामिकर्तिक गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकाका सबै मतदान केन्द्रमा मतदान टोली पुगिसकेका छन् । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार जिल्लाका सबै बुथमा निर्वाचन अधिकृतको टोली सकुसल पुगिसकेको छ । मतदान केन्द्रमा पुगेर अनुसूची ४,५, ६ र ७ अनुसार सबै काम भैईसको छ । शान्ति सुरक्षा पनि राम्रो छ । मौसमले पनि साथ दिएको छ । निर्वाचन कर्मचारीहरु मतदान स्थलमा पुगेर निर्वाचन पूर्व गरिने काम थालनी भइसकेका छन् । जिल्लाका विकट÷ टाढाका मतदान केन्द्रमा गत शुक्रवार देखिनै निर्वाचन टोली खटाइएको थियो ।
उच्च पहाडि क्षेत्रमा फागुन देखि कामको सिजन सुरुहुँदा मतदाताहरु गोठ खर्कमा छन्। गाउँमा फाट्टफुट्ट मान्छे देखिन्छन् । मतदानका दिन आउ छन् हिजोआज सबै काममै ब्यस्त रहेको जानकारी छ । गाउँमा मतदाता भए नभएको पर्सी मतदानको दिन थाह हुन्छ निर्वाचन अधिकृत देवी खत्रीले भने ।

निर्वाचन आयोग नेपालले सोमबार अपराह्नसम्म मतदानमा खटिने सबै कर्मचारीहरुलाई केन्द्रमा पुग्न परिपत्र गरेको गरेको थियो । दुर्गम र विकट भेगका मतदान केन्द्रहरुमा केही दिनदेखि नै सुरक्षाकर्मीहरु सहितको टोली पुगिसकेको छ । यातायातको सुविधा पुगेको ठाउँमा सोमबारसम्म केन्द्रमा पुग्न र तयारी गर्न निर्वाचन आयोगले कर्मचारीहरुलाई निर्देशन दिइसकेको छ ।
यस पालीको मतदान बाजुरामानमुना मतदान हुनेछ कोही कसैले पनि आफ्नो मत बाहेक अरुको मताधिकार दुरुपयोग गर्न पाउने छैनन्। विगतका तिता घटाना विर्सेर अव बाजुराले नयाँ सिरावाट उठ्न जरुरी छ पूर्व उद्योगमन्त्री एबं नेकपा एमालेका नेता कर्णवहादुर थापाको भनाइ छ । बाजुराको ६९ वडा मध्ये हिमाली गाउँपालिकाका दुई वडा र त्रिबेणी नगरपालिकाको वडा नं पँच किम्नी र गौमुल गाउँपालिकाको वडा नं एक अम्लिस सडक सञ्जालसंग जोडिएको छैनन् भने अन्य सबै वडामा कच्ची बाटो खनेको छ ।
मतदान स्थान सुरक्षाका दृष्टिले अति संवेदनशील ठानिएका बुथका मतदातासंग सोधनी गर्दा सबै मतदाता गाउँमै छन् , निर्वाचनका दिन देख्नुहुन्छ भन्ने प्रतिक्रिया आएको छ । यद्येपी प्रारम्भिक अनुमान गर्दा गाउँमा मतदाता छैनन् । स्थानीय स्तरका गाउँमा सबै मतदाता छन् भन्नुले स्वच्छ निर्वाचन हुनेमा आसंक उब्जाएको छ ।
बाजरामा शान्तिपूर्ण मतदान गराउन जिल्लाका आठ वटै उम्मेदवारले एक महिना अघि नै साझा प्रतिबद्धता जनार्ईसकेका छन्।यद्येपी प्रतिबद्धता कार्यान्वयन हुन्छ कि नाइँ ? पर्सी फागुन २१ गतेको निर्वाचन कस्तो हुन्छ ? नजिकबाट हेर्न बाँकी छ ।