npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जना पक्राउ, के हो कसूर ?

क्लिकमान्डु 16 hours ago

काठमाडौं ।  प्रभु बैंकका सीईओ अशोक शेरचनसहित उच्च तहका ३ जना कर्मचारी पक्राउ परेका छन् । आइतबार सीईओ शेरचन, डीसीईओ मणिराम पोख्रेल र प्रमुख जोखिम अधिकृत रिवास श्रेष्ठ अनामनगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट पक्राउ परेका हुन् ।

बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।

सीआईबीले कात्तिक २२ मा बैंकको बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो । करिब १ अर्ब रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीका आधारमा भट्टचनलाई कात्तिक ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन र सञ्चालक कुसुम लामाको कम्पनी प्रभु म्यानेजमेन्ट प्रालिलाई दिएको करिब १ अर्ब रुपैयाँको कर्जाका विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ । प्रभु म्यानेजमेन्टलाई दिएको ऋणा घुमाउरो तरिकाले जानकी मेडिकल कलजेमा पुर्याइएको देखिएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबी स्रोतले क्लिकमान्डुलाई बतायो।

ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामासमेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भट्टचनले सत्ता र शक्तिको आडमा लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी बसेको प्रहरीको दाबी छ ।

भट्टचन नेपाली कांग्रेसबाट समानुपातिक कोटामा सांसद बन्न नपाउने भएपछि नेकपा एमाले प्रवेश गरी समानुपातिक कोटामा पुरुषतर्फ पहिलो स्थानमा सिफारिस भएका थिए ।

प्रभु मनि ट्रान्सफर, प्रभु म्यानेमेन्ट र सहकारीको कारोबारको फरफारक नहुँदा प्रभु ग्रुपकका अध्यक्षसमेत रहेका नेकपा एमालेका पूर्वसांसद भट्टचन ठगी आरोपमा पक्राउ परेका हुन् ।

भट्टचनको मूख्य लगानीमा स्थापना भएको रेमिट्यान्स सेवाप्रदायक कम्पनी प्रभु मनी ट्रान्सफरको ‘सुपर एजेन्ट’ कम्पनीका रूपमा भट्टचन, कुसुम लामा र दक्ष पौडेलसमेत सेयरधनी भएर प्रभु म्यानेजमेन्ट स्थापना भएको  थियो ।

भट्टचनले  प्रभु म्यानेजमेन्टलाई मनि ट्रान्सफरको सुपर एजेन्टको सम्झौता गर्दै म्यानेजमेन्टबाट करिब ५ हजार सहकारीसँग रेमिट्यान्स भुक्तानी एजेन्टका रूपमा छुट्टाछुट्टै करार सम्झौता गरेर कारोबार गरेको थियो। यस्तो सम्झौतापछि प्रभु म्यानेजमेन्टले सहकारीहरूबाट आफूखुशी फरक–फरक धरौटी उठाएको थियो ।

तर, देवी प्रकाश भट्टचन र कुसुम लामाको व्यवसायिक साझेदारी तोडिएपछि प्रभु मनि ट्रान्सफरले सिधै सहकारी संस्थासँग एजेन्टको सम्झौता गरी रेमिट्यान्स कारोबार सुरु गरेको थियो ।

पछिल्लो समय प्रभु म्यानेजमेन्टसँग सहकारीहरूको कारोबार विवादपछि भने प्रभु मनी ट्रान्सफरले सहकारीहरूलाई सीधै एजेन्ट बनाएर कारोबार गरिरहेको छ । २०६९ मंसिर देखि २०८१ जेठसम्म प्रभु मनि ट्रान्सफरको सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्टले साढे ४ हजारबाट प्रभु मनि ट्रान्सफरको रेमिट्यान्स एजेन्टको रुपमा धरौटी उठाएको थियो ।

जसमध्ये ३ हजार बढी सहकारीको करिब १ अर्ब रुपैयाँ धरौटी वापतको रकम फिर्ता भएको छैन । जसमध्ये ३ हजार बढी सहकारीले ९७ करोड ३७ लाख ८० हजार २१३ रुपैयाँ फिर्ता पाएका छैनन् ।

भट्टचनले विदेशबाट आएको रेमिट्यान्सको रकम भुक्तानी गर्दा लेयरिङ गर्न नै सुपर एजेन्टको रुपमा प्रभु म्यानेजमेन्ट खडा गरेका थिए।  जसले सहकारीलाई सब एजेन्टको रुपमा सम्झौता गर्नुका साथै सहकारीको सफ्टवेयर बनाएर बेच्ने प्रयास पनि गरेको थियो ।

तर त्यो सफल हुने सकेन ।

प्रभु म्याजेमेन्टमा भट्टचनले व्यवसायिक साझेदारका रुपमा कुसुम लामालाई बनाएका थिए । अहिले कसुम लामा प्रभु म्याजमेन्टकी अध्यक्ष छिन् भने भट्टचन प्रभु म्यानेजमेन्टबाट कानुनी रुपमा बाहिरिसकेका छन् । उनले आफ्नो सेयर विभिन्न व्यक्ति हुँदै प्रभु म्यानेजमेन्टका कर्मचारीहरुको नामममा ट्रान्सफर गरेर बाहिरिएका हुन् ।

भट्टचले प्रभु म्यानेजमेन्टमा अर्का साझेदारका रुपमा तत्कालीन सहकारी विकास बोर्डका सहअध्यक्ष रहिसकेका दक्ष पौडेललाई समेत साझेदार बनाएका थिए ।  प्रभु म्यानेजमेन्टको व्यवस्थापन सुरुमा दक्ष पौडेल र कुसुम लामाले नै हेर्दै आएका थिए । पौडेल सहकारी विकास बोर्डमा नियुक्त भएपछि व्यवस्थापकीय नेतृत्वमा कसुम लामाले हेर्दै आएकी थिइन् ।

मनि ट्रान्सफरले सहकारीलाई सिधै एजेन्ट बनाएर रेमिट्यान्स कारोबार गर्न पाउने भए पनि बिचमा सुपर एजेन्ट बनाएर धरौटी बापत करौडौं रकम उठाएका देखिन्छ । राष्ट्र बैंकले रेमिट्यान्स कारोबारमा सुपर एजेन्ट राख्न नपाउने व्यवस्था गरेपछि प्रभु म्यानेजमेन्टसँगको सम्झौता खारेज गरी प्रभु मनि ट्रान्सफरले सिधै सहकारीलाई एजेन्ट बनाएर कारोबार गरिरहेको छ ।

म्यानेमेन्टले २०७९ देखि सहकारीबाट धरौटीबापत उठाएको करौडौं रकम भट्टचन लामासहितको समूहले निर्ब्याजीरुपमा प्रयोग गर्दै आएका थिए ।  सबै सुपर एजेन्ट खारेज भए पनि सहकारीले धरौटी बापत राखेको रकम प्रभु म्यानेजमेन्टले फिर्ता गर्नुपर्ने अवस्था आएपछि कुसुम लामा-भट्टचनबीचको कारोबार र लेनदेनको विवाद बाहिर आएको हो ।

जसले गर्दा सहकारीले धरौटीवापत राखेका रकम फिर्ता पाउन नसकेपछि धेरौटी राखेका सहकारीहरूले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएका थिए । 

Read more news from Clickmandu

Explore by Source or Category