News of Nepal
केएमसी, चाँदबाग र चेल्सी सेमिफाइनलमा
न्युज अफ नेपाल
|
3 hours ago
काठमाडौं ।
आयोजक केएमसी, द चाँदबाग स्कुल र चेल्सी वल्र्ड स्कुल पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बुद्धनगरस्थित घरेलु कोर्टमा केएमसीले हिमालीलाई १५–९ ले पराजित ग¥यो । केएमसीकी आकृषा घिमिरेले १२ अंक जोडिन् । चाँदबागले गोल्डेन फ्लावरलाई २४–१४ ले हरायो । चाँदबागकी अमौलिका खड्काले १५ स्कोर गरिन् ।
चेल्सीले डिफेन्डिङ च्याम्पियन रिब्समाथि २८–२४ को जित दर्ता ग¥यो । सेमिफाइनलमा चेल्सीको भेट केएमसीसंग हुनेछ भने चाँदबागले रिब्सको सामना गर्ने छ ।