npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन आयोगमा अधिकृतको कार्यालय स्थापना

राजधानी समाचारदाता 10 hours ago

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोमवार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय स्थापना गरिएको हो । समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

नेपालमा संवैधानिक व्यवस्था बमोजिम दुई वटा निर्वाचन प्रणाली छ । एउटा प्रत्यक्ष निर्वाचन प्रणाली रहेको छ भने अर्को समानुपातिक निर्वाचन प्रणाली हो । पदभार ग्रहण गर्दै सचिव पन्थले प्रतिनिधि सभाको निर्वाचन सम्बन्धमा दुई वटा प्रणाली रहेका र त्यसमध्ये एउटा प्रत्यक्ष निर्वाचन प्रणाली र अर्को समानुपातिक निर्वाचन प्रणाली भएको बताए ।

समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन पद्धति कायम गर्न र सञ्चालन गर्नका लागि आयोगको सचिवलाई निर्वाचन अधिकृत तोकेर समानुपातिक निर्वाचन प्रणालीका कार्यक्रम अघि बढाउने व्यवस्था रहेको पनि बताए ।

सोही बमोजिम सोमवार आयोगले आयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ समानुपातिक निर्वाचन प्रणाली निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुका साथै आयोगका सचिव पन्थलाई निर्वाचन अधिकृत तोकेको हो । आयोगमा कार्यालय स्थापनासहित निर्वाचन अधिकृत पन्थले पदभार ग्रहण समेत गरेका छन् ।

कर्मचारीहरूलाई कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको निर्देशन
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गराउन कम्मर कसेर लाग्न निर्देशन दिएका छन् । सोमबार आयोगमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले समानुपातिक निर्वाचन प्रणाली केही जटिल भए पनि विगतमा काम गरेका व्यक्तिहरूबाट सुझाव लिएर काम गर्न सके कठिन नहुने बताए । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा कुनै पनि झन्झट नमानीकन सूत्रअनुसार अघि बढ्न उनले आग्रह गरे ।

उनले संवैधानिक व्यवस्था बमोजिम नेपालमा दुई वटा निर्वाचन प्रणाली रहेको बताउँदै आयोगमा समानुपातिक निर्वाचन प्रणालीका लागि सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको र अब समानुपातिक निर्वाचन प्रक्रियाका काम सुरु हुने बताए ।

The post समानुपातिक निर्वाचन प्रणाली प्रक्रिया अघि बढाउन आयोगमा अधिकृतको कार्यालय स्थापना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category