नेपालीपोष्ट
ओलीको कुटी कुटनीति
ठाकुरप्रसाद बराल, हालः भर्जिनिया, युएसए
|
1 month ago

(१) परिचयः
जेन्जी आन्दोलन अन्त्य भएको डेढ महिना वितिसक्दा पनि मुलुकको राजनीति अझै अस्थिर र अन्यौलको भुमरीमा भौतारिइरहेको छ । मुलुकको दोस्रो ठुलो दल नेकपा एमाले संसद पुनस्र्थापनाको माग लिएर अगि बढेको छ भने जेन्जी र राजावादी समुहहरु सडक आन्दोलनमा भएकोले अन्तरिम सरकार दबाबमा छ । अदालतमा मुद्धाहरु थुप्रिदै गएका छन् । नेताहरु बीच आरोप प्रत्यारोप चलिरहेको छ । तर यसै क्रममा यता ओलि भने गुण्डुमा कुटी कुटनीतिमा व्यस्त छन् । के छ यस कुटनीतिको अन्तर्य ? यहाँ त्यसैको सेरोफेरोमा चर्चा गर्ने प्रयाश गरिएको छ ।
नेपालमा प्राचीनकालदेखि नै भवनका आधारमा मानिसहरु राजनीति तथा कुटनीति गर्दथे । भवन कै आधारमा उनीहरुको क्षमता जाँचिन्थ्यो । ठुला ठुला घरहरु देख्दैमा मानिसहरु त्रसित हुन्थे र उनीहरुप्रति नतमस्तक हुन्थे । अहिले पनि यस्तो राजनीति तथा कुटनीति विरासत कायम नै रहेको एउटा उदाहरण हो महेश बस्नेत मार्फत पूर्व प्रधानमन्त्री ओलिको लागि नयाँ भवन बनाइने तयारी । गृह निर्माण राजनीति अहिले मात्र होइन यसको लामो इतिहास भेटिन्छ । नेपाली समाजमा ठुला ठुला घरहरु र ठुलो जीउ डाल तथा टाउकाहरुले सदाझैं अहिले पनि राजनीतिमा आफ्नो वर्चश्व कायम नै राखिआएका छन् ।
(२) प्राचीन घरहरुः
नेपालमा राजनीतिक अगुवाहरुको घर अरु सर्बसाधारणको भन्दा भिन्न हुनु पर्छ । विशिष्ट, ठुलो र आकर्षक हुनुपर्छ भन्ने भावनाको विकास धेरै पहिलेदेखि नै भएको देखिन्छ । यद्यपि किराँत कालका भवनहरु अहिले अवशेषमा छैनन् तर लिच्छवीकालका मठ, मन्दिर तथा भवनहरु अहिले पनि छन् । जुन भवनहरु सर्बसाधारणका भन्दा आकर्षक छन् । सत्तामा रहेका नरहेका वीचको साँध नै यिनै घर तथा भवनहरुले छुट्याउँथे । शाहकालका तथा राणाकालका भवनहरुले पनि त्यही देखाउँछन् ।

(३) राणाकालीन घरहरुः
राणाकालमा ५२ ढोके घरहरु बनाउँन राजा र राणा खलकलाई मात्र अनुमति थियो । आफ्नो घरबाट मानिसको पहिचान झल्काउने परम्परा नयाँ होइन । पञ्चायतकालमा आएर पनि ठुलो वडो देखाउन केही धनी मानी तथा शक्तिसम्पन्न मानिसहरु राणाको अनुकरण गर्दै ठुला ठुला घरहरुको निर्माणगरी आफूलाई अरुभन्दा विशिष्ट भएको देखाउने चलन यथावतै रहिरह्यो । राणाकालमा उनीहरुका लागि बनाइएका घरहरु मध्ये बबर महल, केशर महल, सिंहदरबार जस्ता महलहरु उनीहरुका व्यक्तिगत प्रयोजनका लागि बनाइएका भएपनि अहिले पनि विशिष्ट सरकारी प्रयोजनका लागि प्रसिद्ध छन् । तर पनि यी सबै राणा खलकहरुको दरबार बनाउने प्रतियोगिता भित्रै पर्दछन् ।

(४) पञ्चायतकालीन घरहरुः
यस्ता भवनहरु अहिले पनि जताततै तर अस्तव्यस्त रुपमा रहेको पाइन्छ । गाउँतिर पनि पञ्चायत तथा राजाकालीन ठुला मान्छेहरुका भवनहरु बनेका थिए । ती घरहरु देख्दै मानिसहरु डराउँथे । अहिले पनि ठुलो घर भएको मानिसलाई धनी, जान्ने, ठान्ने प्रवृति यदाकदा समाजमा छँदैछ । उदाहरणका रुपमा धनकुटामा कविराज पोख्रेल, मुगामा सूर्यबहादुर थापा लगायत थुप्रै थापा परिवारका मानिसहरुका घरहरुलाई लिन सकिन्छ । यी लगायत पञ्चायतकालका सुव्वा, जिम्मावाल, थरि मुखियाहरुका भवनहरु पनि ठुला ठुला हुने गर्दथे । उदाहरणका रुपमा कोशी प्रदेश पूर्वप्रमुख गोविन्दबहादुर तुम्बा, डिल्लीश्वर सुब्बा, प्रेमबहादुर चेम्जोङ, डगलसिंहसेन लिम्बुका घरहरुलाई लिन सकिन्छ । मानिसहरु उनीहरुका घरहरुको आँगन टेक्नकै लागि कठिन र डर लाग्ने गरेको बताउँछन् ।

(५) ठुला घरले गरे राजनीतिः
यी र यस्ता सबै घरहरु धाक रवाफ र आफुलाई समाजका अरुभन्दा ठुलो देखाउने अभिप्रायले नै बन्ने गर्दथे । यी ठुला घरहरुमा पनि कसले झन् ठुलो बनाउने भन्ने प्रतिस्पर्धा पनि नचल्ने होइन । घर ठुला ठुला भए पनि कतिपयको भित्री गुदी भने त्यस्तो सम्पन्न र धाक लगाउने प्रकारको नहुन पनि सक्तथ्यो । तर पनि ठुला घर बनाउनुको मुख्य मतलव भने समाजलाई तर्साएर राजनीति गर्नु नै थियो ।

(६) घरहरुमाथिको आक्रोश शुरुः
मावोवादी द्वन्द्वपछि भने यस्ता घरका मालिकहरु गाउँबाट ठुला घर भएकै कारण लखेटिए । उनीहरुलाई शोषक सामन्त भन्न थालियो । उनीहरुलाई हेर्ने दृष्टिकोण नै घृणास्पद मात्र नभएर दुहुने गाई जस्तो पनि ठानियो । उनीहरु ठुलो घर भएकै कारण घृणा छि छि दुर्दुरका पात्र पनि बने । शुरुमा उनीहरुलाई लखेटे र पछि लखेट्नेहरु पनि उनीहरुसँगै सहर पसे गाउँहरु उजाड बने । अहिले पनि गाउँहरु पुरानो आकारमा गुल्जार हुन सकेका छैनन् । त्यसवेला ठुला घरले राजनीति गर्छ भनेर घरहरुमा आगो झोसिदिने कार्य पनि भए । ठुला घर र मोटा मान्छेहरु माथिको आक्रमण पञ्चायतकालमा नक्सलबादी भनिने पूर्वकोशी प्रान्तिय समिति सम्बद्ध मानिसहरुले शुरुगरे । स्वयं पूर्व प्रधानमन्त्री ओली नै सहभागी भएको दल मालेले ठाउँ ठाउँमा ठाउको काट्ने अभियान चलाए र ठुला घरहरुका मालिक माथि आक्रमण गरी हिंसा मच्चाए जसलाई आमुल परिवर्तनका लागि जनताको क्रान्ति भनियो । धनी मान्छे देख्यो कि आक्रमण गर्ने विचार मिलेन कि शारीरिक आक्रमण समेत गर्ने ज्यानै लिनेसम्मका अभियानहरु माओवादीहरुले गरे । सत्ताको पक्षलिनेहरुको खेदो खैरो गरे । बहुदल आए पछि एकपटक नेकपा एमाले र कांग्रेसहरुले सूर्यबहादुर तथा लोकेन्द्र बहादुरका कार्यकर्तालाई गाउँ गाउँबाट लखेटे । स्वयं कांग्रेसले एमाले र एमालेले कांग्रेसका कार्यकर्ताका घरहरु आगो लाउने, लुट्ने उनीहरुलाई बसाइँ खेद्ने कार्यलाई आन्दोलन तथा क्रान्तिको नाम दिए । त्यति मात्र होइन उनहिरु राप्रपालाइृ समर्थन गर्ने छिमेककिो मलामी जन्तीसम्म गएनन् । हरेक घटनालाई राजनीतिसंग मिसाएर समाजलाई मासु बाँडे जस्तै गरी किस्ती किस्ती र टुक्राटुक्रामा बाँडे । ठुला घर र राम्रा लुगाहरुमा ठाँटिएर हिंड्ने,शान देखाउनेहरु सामन्त र शोषक हुन् भन्ने र तिनीहरुमाथि विभिन्न ढंगमा आक्रमण गर्ने भाष्य र शिक्षा त तिनै दलहरुका नेताहरुबाट बर्तमान पुस्ताले सिकेको हो । तिनलाई गाउँबाट लखेट्नु पर्छ मार्नु पर्छ भन्ने शिक्षा दिने पनि तिनै हुन् । अहिले नयाँ पुस्ताले गरेको यो विध्वंशलाई म त आन्दोलन वा क्रान्ति भन्दिन तर ती नेताहरुले यसलाई क्रान्ति, समाज परिवर्तन वा शोषक सामन्तीहरु प्रतिको आक्रोश ठान्ने हुन् वा अपराध उनीहरुले गर्ने मुल्यांकनमा भर पर्दछ ।

(७) सूर्यबहादुर थापाको घर पहिलो निशानाः
यस्तो कार्यको नेतृत्व नै गरेका थिए तत्कालीन किराँत वर्कस् पार्टीका संयोजक गोपाल किराँतीले उनैको आदेशमा सूर्यबहादुर थापाको घरमा आगजनी गरिएको थियो भन्ने सुनियो । सूर्यबहादुर थापाका हजुरबुबा नसिवसिंह थापाले बनाएको उनको घर सिंहदरबारभन्दा कम थिएन । उनैले मुगामा संस्कृत विद्यालय खोलेर मन्दिर बनाई चहल पहल गराएका थिए । त्यस मन्दिरको ढोकामा राखिएको ठुलो घण्टी बजाएको सुनेपछि भोजपुरका गाउँहरुसमेतका मानिसको मुटुमा ढुकढुकी बढ्थ्यो उनको विरोधमा चुँसम्म कसैले गर्न सक्तैनथ्यो । यसरी ठुला ठुला घर हुनेहरुको नाम सुन्दै मानिसहरु त्रसित हुन्थे । त्यसैले गोपाल किराँतीले सूर्यबहादुरको घरमा वम विस्फोट गराए पछि मात्र राजनीति अगाडि बढाउन सकिन्छ नत्र उनको घरले मानिस सधैं त्रसित भए भन्ने निष्कर्ष निकालेका थिए । उनको निष्कर्ष थियो नेपालमा ठुला घरहरुले राजनीति गरिरहेका छन् । सूर्यबहादुरको घर जलाउनुअगि छिन्ताङ लगायत केही स्थानहरुमा पनि घरहरुमा आगजनी शुरु भइसकेको थियो । घरहरुमा आगजनी प्रायः राजनीतिक कारणबाटै भएको पाइन्छ । यतिसम्म कि आँखिसल्लाको सेभ दि चिल्ड्रेन फण्डको स्वास्थ्य भवन पनि मालेका कार्यकर्ताले राजनीति कै कारण आगो लगाएका थिए ।

(८) सिंहदरबार तथा हालका घरहरुको आगजनी ः
डेढ महिना अगि भएको सिंहदरबार लगायत सरकारी भवन तथा नेताहरुको घरहरुमा आगजनी जेन्जीहरुले लगाइएको आगजनी पनि यही ठुला घरहरुमाथिको आक्रोश र घृणा गर्ने हाम्रो आदतको निरन्तरता नै हो । हुन त केही जेन्जिहरु यो आगलागी र विध्वंशको जिम्मा लिन तयार छैनन् तापनि गत २४ गते भएको विध्वंशको छानवीन गर्न जेन्जीहरुका केही नेताहरु तयार छैनन् । उनीहरु तयार हुन हिच्किचाउनुको पछाडि केही जेन्जी पनि त्यस आगलागी र विध्वंशमा संलग्न छन् । यो आक्रोश निश्चित रुपमा केही नेताहरुले आलिशान भवन बनाएर ठाँटिलो जीवन जीउने शैली प्रतिको आक्रोशको परिणति नै हो । यो लेखक स्वयंलाई नन्द किशोर पुनः पासाङको दह चोकको घर नजीक गएर उपत्यकाको दृष्यको फोटो खिच्दा यहाँ फाटो खिच्न पाइन्न भनेर त्यहाँका सुरक्षाकर्मीले फोटो डिलिट गर्न लगाएका थिए । अहिले जेन्जीले त्यो घरमा पनि आगो लगाइदिए । नेताहरुको घरको फो्टो खिच्न नपाउने कस्तो हास्यास्पद कुरा होला ? नेताहरुको शैली अति नै भएकै हो ।

निश्चय पनि यस प्रकारको सार्वजनिक सम्पत्ति तथा व्यक्तिगत सम्पत्ति नष्ट गर्ने कार्य कुनै पनि हालतमा प्रशंसनीय होइन । तर यो प्रकारको कार्यको जिम्मेवारी स्वयं राजनीतिक नेतृत्वले लिनै पर्छ । सामान्य तवरले, शालीन शैली र सामान्य रहनसहनले मानिसलाई सानो बनाउँदैन झनै मर्यादित र इमान्दार बनाउँछ । नेताहरुका आलिशान भवन कुन सम्पत्तिले बने ? घर, लुगा, रहनसहनको शैली तडक भडक नै जेन्जी आन्दोलनको आक्रोश हो । उनीहरुको आक्रोश व्यवस्थाप्रति होइन मुलतः नेताहरुले बनाएका ठुला ठुला घर,गाडी र उनको भडकिलो जीवनशैली नै हो । यो शैलीमा जुनसुकै नेताहरुले परिवर्तन गर्नै पर्छ ।
(९) ओली कुटीको अन्तर्यः
निष्कर्षमा यहाँ के भन्न खोजिएको हो भने पूर्व प्रधानमन्त्री ओली लगायत केही नेताहरुमा आकर्षक, आलिशान दरबार, राम्रा लुगा र ठाँटिलो दम्भयुक्त जीवन शैलीप्रतिको आकर्षण अझै पनि कम भएको छैन । महेश बस्नेतले गुण्डुमा ओलिका लागि बनाइदिने भनिएको घर (ओली कुटी) हेर्दा सामान्य देखिए पनि त्यो प्रकारको भवन बनाउन हामी सर्वसाधारणका लागि निक्कै हम्मे हम्मे नै पर्दछ । निश्चय पनि तेलिया इटाको त्यो शैलीको भवनका लागि सामान्य खर्चले पुग्दैन । पूर्व प्रधान मन्त्रीको यो प्रकारको भवन बनाएर भविष्यको पुस्ताका लागि एउटा सामान्य शैलीको बसोबासको उदाहरण बनाउन खोज्नु साँच्चै नै सह्राहनीय काम हो तर त्यो प्रकारको कुटी अहिले नै बनाउन खोज्नु अरुलाई देखाउनकै लागि दम्भ प्रदर्शनकै लागि हो । ओली साँच्चिकै राष्ट्रवादी, देशभक्त हुन् भने उनीले काठमाण्डौ उपत्यका छोडेर दूर गाउँमा गएर पुनः राजनीतिक सकृयता बढाउन थाले भने त्यसले उनीप्रति भक्तिभाव गर्नेलाई उनी प्रतिको आस्था बढ्छ । सुरक्षाको जिम्मा त स्वयं सरकार र सरकारले नभए आफ्नै कार्यकर्ता छन् भन्ने विश्वास ओलीमा हुनै पर्छ । ओलीका कार्यकर्ताले ठाउँ ठाउँमा बारम्बार ढुङ्गा मुढा गर्दा पनि सूर्यबहादुर गाउँ गाउँ जान छोडेका थिएनन् । ९ लाख कार्यकर्ताप्रति पनि ओलीको विश्वास छैन ? पुराना नेताहरुले पुरानै प्रकारको दम्भ देखाउने होइन बरु पुरानै पुर्खेउली प्रकारको सानो गाउँले घर बनाएर बस्नु उपयुक्त र विश्वास योग्य हुन्छ । जुन घरमा सर्बसाधारण सबै गएर सहजै भेट्न र आफ्ना कुरा राख्न सकुन् । र अब आपसमा दम्भ र लुछाचुँडी छोडेर आपसमा सबै सँग बसी मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने पूर्व प्रधानमन्त्रीको ओलीको चित्त जाओस् शुभेच्छा प्रकट गर्दछु । नकि अब पनि दम्भ देखाउन कुटी निर्माण गरेर कुटी भित्र बसेर केही व्यक्तिको कुरा सुनेर राष्ट्रमा गम्भीर प्रश्न उठ्ने कार्य गरिरहने ।