npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता

सम्झना पाण्डेय 5 hours ago

डडेल्धुरा । आसन्न प्रतिनिधि सभा निर्वान बहिस्कारको घोषणा गरेका अमरगढी नगरपालिका ६ का स्थानीयहरु मतदानमा सहभागि हुने भएका छन । फोहर व्यवस्थापन केन्द्र स्थापनाको विरोधमा आन्दोलन चर्काई फोहर मैला विरुद्ध संघर्ष तथा समन्वय समितिको बैठकले वडा कार्यालयसँग विभिन्न सहमति गरेपछि बहिष्कारको निर्णय फिर्ता लिई चुनावमा सहभागि हुने भएका हुन ।

समितिले यसअघि अमरगढी ६ का जनतामाथि अन्यायपूर्ण ढङ्गले फोहर व्यवस्थापन केन्द्र बनाउने निर्णय गरिएको आरोप लगाउँदै गत ७ गते चुनाव बहिष्कार गर्ने घोषणा गरेको थियो । तर १८ गतेसम्म आइपुग्दा केही राजनीतिक दलहरूले जनताको जायज मागप्रति ध्यानाकर्षण गर्दै निर्णय जनताकै पक्षमा हुने स्पष्ट प्रतिबद्धता जनाए पछि स्थानीय मतदान गर्न सहमत भएका हुन ।

त्यसैगरी स्थानीय सरकारले फोहर व्यवस्थापन केन्द्र स्थापनाको प्रक्रिया रोक्ने सम्पूर्ण जिम्मेवारी लिने र सो जिम्मेवारी वहन गर्न नसके सामूहिक राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको समितिका संयोजक गंगा ताम्राकारले जानकारी दिए । नगरप्रमुख डिल्लीराज जोशीले निर्णय जनताको पक्षमै हुने भन्दै जनताद्वारा निर्वाचित प्रतिनिधिका रूपमा हामी जनताविरुद्ध कहिल्यै हिँड्ने छैनौ भन्ने दृढ प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

यी प्रतिबद्धताहरूलाई आधार मान्दै तथा स्थानीय जनताको मतदान गर्ने चाहनालाई मध्यनजर गर्दै समितिले बहिष्कारको निर्णय पूर्ण रूपमा फिर्ता लिएको उनले स्पष्ट पारे ।

समितिले जारी गरेको अपिलमा भनिएको छ, यो निर्णय कुनै कमजोरी होइन, बरु जनताको अधिकार, लोकतान्त्रिक मूल्य र भविष्यप्रतिको हाम्रो जिम्मेवारीको सशक्त अभिव्यक्ति हो । साथै फोहर व्यवस्थापनको विषयमा समुदायको सहमति र जनताको आवाजलाई प्राथमिकता दिने अडान यथावत रहने गरिएको छ ।

अन्त्यमा, अमरगढी–६ का सम्पूर्ण मतदातालाई संविधानले दिएको मताधिकार प्रयोग गर्न तथा शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह अपिलमा गरिएको छ ।

The post अमरगढी–६ मा मतदान बहिष्कार फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category