npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

सियन जलपंक्षी गणना सम्पन्न,बिगतमा हराएका चराको संख्यामा उल्लेख बृद्धि

न्युज अफ नेपाल 7 hours ago

नवलपरासी ।

हिउदयाममा पाहुनाका रूपमा नेपाल आउने तथा रैथाने चराको संख्यामा यश वर्बष बृद्धि भएको छ ।
भर्खरै सम्पन्न एसियन जलपंक्षी गणना तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम ी क्षेत्र नारायणी नदी र आसपासका तलाउमा गत वर्ष भन्दा धेरै चरा गणना भएकाछन् ।

एसियन जलपंक्षी गणना पश्चिम सेक्टर संयोजक डिबि चौधरीका अनुसार नारायणी नदीमा यस पटक ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा भेटिएकाछन् ।

नारायणी नदीको दक्षिण मुख्य भंगालो,सिख्रौली(कुजौली, कुजौली ( पिठौली, पिठौली( अमलटारी र अमलटारी,बघुवन सम्मका ५ स्थानलाई आधार बनाई गरिएको जलपंक्षी गणनामा गतसाल भन्दा ३ हजार ३ सय ३९ चरा धेरै भेटिएको चौधरीले बताउनु भयो ।
नारायणीको पश्चि खण्ड अमलटारी देखि बघुवन सम्ममा २६ प्रजातिका ७ सय ९४ चरा, पिठौली अमलटारी बीचमा २९ प्रजातिका ४ हजार ३ सय ८५ र कुजौली पिठौली खण्डमा ३० प्रजातिका ३ हजार ५ सय जलपंक्षी अध्यावधिक गरिए ।

त्यसै गरि सिख्रौली देखि कुजौली सम्मका नारायणी नदीको उत्तरी भङ्गालो आसपास २२ प्रजातिका १ हजार ४ सय ९४ र नदिको दक्षिणी मुख्य बहाव क्षेत्र सिख्रौली देखि अमलटारीघाट सम्ममा ३० प्रजातिका २ हजार ७ सय १४ चरा गणनामा समावेस गरिएको टोलीमा सहभागी पंक्षी संरक्षणकर्मी चौधरीले बताउनु भयो ।

उहाँका अनुसार सन २०२४ र २५ को जलपंक्षी गणनामा निकुञ्जको पश्चिम क्षेत्र नारायणी नदी र त्यस आसपासमा ४१ प्रजातिका क्रमश १० हजार २ सय ५७ र ९ हजार ५ सय ४८ जलपंक्षी अध्यावधिक भएका थिए ।

जसमा बिगतका वर्षमा हराए सरहका रूडिसेल डक भनिने चखेवा,कमन क्रेन अर्थात लक्ष्मण सारस ,ग्रेटर ह्वाइट फ्रोन्टेड गुज श्वेतमाछा कलहास,रेडक्रिस्टेज पोर्च सुनजुरे हाँस र युरासिएन उईगन अर्थात सिन्दुरे हाँस प्रजातिका जलपंक्षीहरू यस पटक उल्लेख्य संख्यामा देखिकाछन् ।

जलपंक्षी गणनाका लागि स्वयंसेवी रूपमा चराविद,निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना,नेचर गाईड एसोसिएसन नवलपुर र संचारकर्मी सहितको ५० जनाको टोली परिचालित रहेको थियो ।

त्यसै गरि जिल्ला स्थित टाइगर टप्स थारू लज,जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति,हिमालयन वाइल्ड लाईफ सेन्चुरी,टेम्पल टाईगर,मचान कन्ट्री भिल्ला, नवलपुर थारू रिसोर्ट, थारू व्रिज लज, हेवन ग्रिन जंगल रिसोर्ट लगायत होटल तथा पर्यटन व्यवसायीहरूको गणना कार्यमा साथ सहयोग रहेको बताईन्छ ।

हरेक वर्ष जनवरी महिनाको दोश्रो र तेस्रो साता गरिने जलपक्षी गणना वेटल्याण्ड ईन्टर नेसनलको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पंक्षी संरक्षण संघ लगायत विभिन्न संघसंस्थाको पहलमा जलपंक्षीको तथ्यांक संकलन तथा अध्यावधिम गर्ने कार्य सन १९८७ देखि हुँदै आएको छ ।

गणनाका क्रममा देखिएको नदी नाला र ताल माथि बढ्दो प्रदुषण, अबैज्ञानिक बिकास निर्माण, नदीको धार परिवर्तन र अव्यवस्थित पर्यटनले जैविक विविधताका क्षेत्रमामा पुगेको असरले भने संरक्षणकर्मीहरू चिन्तित बनेकाछन् ।
त्यसै गरि चितवन राष्ट्रिय निकुञ्ज पूर्वी क्षेत्रको रिउ, रापति, लोथर खोला सहितका १० स्थानमा जलपक्षी गणना कार्य सकिए पनि एकिन विवरण तयार भई नसकको जलपंक्षी गणना बाग्मती संयोजक बासु बिडारीले बताउनु भयो ।

चितवनकै बुढी राप्ती, राप्ती दोभान, तमोर,पटना, लामीताल,लोथर,जिन्दगानीघाट,चित्रसारी, ढुङ्रेखोला,सौराहा तथा भण्डारा मत्स्य केन्द्र लगायतका क्षेत्रमा जलपंक्षी गणना गरि अध्यावधिक गरिएको छ ।

संयोजक बिडारीले थप प्रजातिका नयाँ चरा नदेखिए पनि आगन्तुक चखेवाको उपस्थिति राम्रो रहेको बताउनु भयो ।
चितवन तर्गफको गणनामा राष्टिय प्रकृति संरक्षण कोष, निकुञ्ज,विभाग,वर्ड एजुकेसन सोसाईटी,नेपाल पंक्षीविद संघ,सामुदायिक वन व्यवस्थापन समिति, पर्यटन व्यवसायीहरू जिप सफारी,डुङ्गा सफारी, नेचरगाइड एसोसियसन लगायतको सहयोग तथा सहभागिता रहको थियो ।

विश्वमै दूर्लभ एक सिंगे गैंडा, पाटेबाघ लगायत वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका खोला, नदी , तलाउ र वनजंगलमा गरि ६ सय ६२ प्रजातिका चराचुरुङ्गी विचरण गर्ने गर्दछन् ।

Read more news from News of Nepal

Explore by Source or Category