News of Nepal
सस्पेन्स र सम्बन्धमा परिवर्तन
आगामी माघ ९ गते रिलिजमा आउने फिल्म परिवर्तनको ट्रेलर सार्वजनिक गरिएको छ।
ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ। ट्रेलरमार्फत अभिनेता सुशील श्रेष्ठलाई सशक्त एक्सन अवतारमा प्रस्तुत गरिएको छ भने अभिनेत्री अञ्जना बराइलीस“गको केमेस्ट्री पनि झल्काइएको छ।
अञ्जना प्रहरी इन्सपेक्टरको भूमिकामा देखिएकी छिन्। ट्रेलरमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायतका कलाकारलाई पनि प्रस्तुत गरिएको छ।
ट्रेलरले छोटो समयमा नै ११ लाखभन्दा बढी भ्युज पाएको छ। गत सोमबार सार्वजनिक ट्रेलर ११ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ। १५ हजार बढीले लाइक गरेका छन् भने १३ सय जनाभन्दा बढीले कमेन्ट गरेका छन्। निर्देशक विजय केरुङले फिल्मले दर्शकको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
सत्ताका लागि नेताले जेसुकै पनि गर्न सक्छन् भने विषय फिल्ममा छ।दिव्यासी फिल्म्स्को ब्यानरमा निर्मित परिवर्तनमा सुशील श्रेष्ठ र अञ्जना बराइलीका साथमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायका कलाकारले अभिनय गरेका छन्। एक्सन–सस्पेन्स विधामा निर्मित फिल्ममा दीपक शिवाकोटीको कथा र निर्माण, शिवम् अधिकारीको पटकथा र संवाद, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र बन्देप्रसादको सम्पादन रहेको छ।