npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो

राजधानी समाचारदाता 11 hours ago

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उनले जानकारी दिए । क्रमशः अन्य क्षेत्रहरूमा नियन्त्रित डढेलो लगाइनेछ ।

उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिकारी मगरले भने, ‘नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ ।’

यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । नियन्त्रित डढेलो लगाउन निकुञ्जका घाँसे मैदानमा एक महिना लाग्ने उनले जानकारी दिए । घाँसे मैदानलाई खण्ड खण्ड बनाएर डढेलो लगाइन्छ ।

The post घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category