घट्यो डिजेल र मट्टितेलको मूल्य
नानु खड्का (निर्जला)
|
1 hour ago
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमका मूल्यअनुसार डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँको दरले घटाएको हो । अब डिजेल मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४५ रुपैयाँ, तेस्रो वर्गमा १४६ रुपैयाँ रहेको निगमले जनाएको छ।
हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ। भारतबाट मूल्य ५ रुपैयाँ ६२ पैसाले बढेर आएपछि आन्तरिक उडानका लागि हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाइएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धन मूल्य प्रति किलोलिटर ४२ अमेरिकी डलरले बढाइएको निगमले उल्लेख गरेको छ।
पेट्रोल तथा घरेलु एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ।
