npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

चार महिनामा १६ हजार पर्यटकले गरे मनाङ भ्रमण

Tourism Face 1 day ago

टुरिजमफेस
मनाङ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्या) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् ।

मनाङ आएका पर्यटकमध्ये सार्क राष्ट्रका ८१२ पुरुष र १७७ महिला तथा अन्य मुलुकका पर्यटकमध्ये नौ हजार ६९५ पुरुष, छ हजार ६०१ महिला हुन् । इजरायलका एक हजार ९१०, फ्रान्सका एक हजार ३९२ र जर्मनीका एक हजार २०८ नागरिकले मनाङ भ्रमण गरेका छन् ।

The post चार महिनामा १६ हजार पर्यटकले गरे मनाङ भ्रमण first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category