npl.977 Nepal News Stream

Nepali Link

आरजीएनएसमा संरक्षक र सल्लाहकार मनोनित (नामावली)

Dhruba Aryal 1 day ago

लन्डन- रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) ले सन् २०२५–२०२७ कार्यकालका लागि सल्लाहकार एवं संरक्षक समिति चयन गरेको छ। समुदायका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी संस्थाको संरक्षक र सल्लाहकार समितिमा मनोनित गरिएको सोसाइटीका अध्यक्ष ह्यारी गुरुङले जानकारी दिए।

मनोनित संरक्षक एवं सल्लाहकारहरुको योगदानले सोसाइटीको संस्थागत क्षमता वृद्धि, समुदायसंग
समन्वय र योजनागत कार्यान्वयनलाई सुदृढ गर्न सहयोग पुग्ने विश्वास सोसाइटीले लिएको छ।

मनोनयनअनुसार आरजीएनएसको प्रमुख सल्लाहकारमा मोहन गुरुङ रहनेछन् भने संस्थापक प्रमुख सल्लाहकारका रूपमा एलन पाण्डे रहनेछन्। समितिमा विभिन्न क्षेत्र र पृष्ठभूमिका ७४ जना अनुभवी तथा सक्रिय व्यक्तित्वहरू समावेश छन्।

सल्लाहकारहरुमा शिवराम गुरुङ, सचिन श्रेष्ठ, श्रीचन्द्र गुरुङ, फडिन्द्र भट्टराई, ध्रुवराज अर्याल, राजन खकुराल, महेन्द्र कंडेल, बिनोद ज्ञवाली, नरेन्द्र कंडेल, कर्ण शाही, सुमल कुमार गुरुङ, हरि कुमार मल्ल, जगदिश गुरुङ, प्रेम कुमार लामा (पिके), अर्क तिम्सिना, श्याम शेरचन, शहदेव गिरी, मन्जु भण्डारी खरेल, संस्थापक उपाध्यक्ष देवेन श्रेष्ठ, सुशील प्रजापति, सुरोज मास्के, राममाया बिष्ट, यादव भण्डारी, डासु पाण्डे, खड्का बहादुर पुन, केश गुरुङ, हरि गुरुङ (फेदिखोला), योगेश गुरुङ, बिजय गुरुङ, सुर्य गुरुङ (गुड्डु), बसन्त खनाल, श्रीमती बिजिता गौतम, तिर्थ पौडेल, श्रीमती बिन्दु गुरुङ, श्रीमती गौमाया गुरुङ रानाभाट, विपिन निरौला, भगवान श्रेष्ठ, बिनोद चिपालु, मनिष श्रेष्ठ, दिलु थापा, लछुमन गुरुङ, मेजर डा. सुदर्शन गुरुङ, संगीता मरहट्टा, तिलक भट्टराई, मुकुन्द बास्तोला, कुमार थापा (ब्रुस) लगायत छन्।

त्यस्तै, राजेन्द्र सुवेदी, टम अधिकारी, दिपक भट्टराई, रोम पाण्डे, चन्द गुरुङ, दिपक श्रेष्ठ, प्रशिद्ध प्रधान, बालजङ अर्याल, श्रीमती सीता अर्याल, तोया गुरुङ, डा. ओम गौतम, गजेन कटुवाल, रजन शाही, अर्जुन शाही, लक्षमन शाह, कमल गुरुङ, दिपक मैथाने मगर, जित थापा, खड्क गुरुङ थापा, दिपक गैरे, सुरज केसी, निलहरी घिमिरे, ललित नेउपाने, केदार थपलिया, टिकाराम सापकोटा र राजेन्द्र खस पनि सल्लाहकार मनोनित भएका छन्।

संस्थाको निरन्तरता, मार्गदर्शन तथा दीर्घकालीन रणनीतिक सल्लाहका लागि गठन गरिएको संरक्षक परिषदमा संस्थापक अध्यक्ष कुमार श्रेष्ठ र पूर्व अध्यक्षहरु हरिगोबिन्द गुरुङ, श्रीमती शर्मिला हिराचन थकाली, जित रानाभाट, पुन्य रेग्मी र श्रीमती लीला देवी गुरुङ छन्।

सोसाइटीले आगामी कार्यकालमा सक्रिय सहभागिता, पारदर्शिता र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ गर्दै विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। रोयल बरो अफ ग्रीनवीच क्षेत्रका नेपालीलाई एकताबद्ध, सशक्त र सांस्कृतिक रूपमा समृद्ध बनाउन सल्लाहकार तथा संरक्षक m समितिको भूमिका महत्वपूर्ण रहने सोसाइटीले अपेक्षा व्यक्त गरेको छ।

Read more news from Nepali Link

Explore by Source or Category