npl.977 Nepal News Stream

Pokhara News logo Pokhara News

पोखरा मापसे गरी सवारी चलाउने ६ चालक प्रहरी नियन्त्रणमा

पोखरा न्यूज 1 week ago
पोखरा १०, फागुन । सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको जनगुनासो बढेपछि कास्की प्रहरीले विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको छ।
आज बिहान करिब ०४:०० बजेदेखि ०६:०० बजेसम्म वडा प्रहरी कार्यालय रामबजार र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधनहरू रोकी चेकजाँच गरेको थियो।
उक्त अवधिमा गरिएको ब्रेथलाइजर परीक्षण तथा कागजात जाँचका क्रममा ६ जना सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाएको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेकामध्ये बा.प्र. ०१–००६ ख ७३०० नम्बरको हाइस चालक धादिङ सिद्धलेक –५ बस्ने २४ वर्षीय विवेक घले, FAA ०१३१ नम्बरको हाइस चालक  पोखरा –२६ बुढीबजार बस्ने ३८ वर्षीय निर बहादुर सुनार, ग २ ख १०५१ नम्बरको बस चालक  वीरगन्ज बस्ने ४६ वर्षीय रञ्जित बराल रहेका छन् ।
त्यसैगरी ग १ ख ९११४ नम्बरको बस चालक स्याङ्जा  फेदीखोला –२ बस्ने ३२ वर्षीय बेल बहादुर बिक, ग १ ख ८५३६ नम्बरको बस चालक  पोखरा –२ बस्ने ४० वर्षीय गणेश खड्का तथा ग १ ख २३०५ नम्बरको बस चालक  पोखरा –१४ बस्ने २९ वर्षीय प्रदीप परियार रहेका छन्।
मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यले सडक दुर्घटनाको जोखिम अत्यधिक बढाउने भएकाले यस्ता गतिविधिविरुद्ध नियमित रूपमा कडाइका साथ अनुगमन तथा कारबाही गरिने प्रहरीले जनाएको छ ।

The post पोखरा मापसे गरी सवारी चलाउने ६ चालक प्रहरी नियन्त्रणमा appeared first on Pokhara News.

Read more news from Pokhara News

Explore by Source or Category