राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर दुई लाख ५३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।
आज यस्तै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १९० रुपैयाँले बढेर तीन हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तीन हजार ३४५ रुपैयाँमा कायम भएको थियो ।
The post सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....