npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

बेन्चिच ४२१ औं रेन्कबाट टप टेनमा पुगिन्

न्युज अफ नेपाल 2 hours ago

लन्डन, (एजेन्सी) ।

बेलिन्दा बेन्चिच एक वर्ष अघिसम्म वल्र्ड रेन्किङमा ४२१ औं स्थानमा थिइन् । सुत्केरी भएपछि उनको रेन्किङ झर्दैं यति तलसम्म पुगेको थियो । तर, अहिले उनी वल्र्ड रेन्किङको टप टेनमा पुगेकी छन् ।

हाल राम्रो प्रदर्शन गरिरहेकीले बेन्चिच आउँदो आइतबारदेखि शुरु हुने अस्टे«लियन ओपन जित्ने दावेदारीमा समेत उभिएकी छन् । उनले सन् २०१६ मा १८ वर्षको उमेरमै टप टेनमा रेन्क पाएकी थिइन् । उनले ५ वर्षपछि पहिलो प्रमुख उपाधिको रूपमा टोक्यो ओलम्पिकमा गोल्ड मेदल जितेकी थिइन् ।

बेन्चिच सुत्केरी ब्रेकपछि अक्टोबर २०२४ मा कोर्टमा फर्किँदा उनको वल्र्ड रेन्किङ १,२१३ औं थियो । यसपछि उनले गत वर्ष अस्टे«लियन ओपनको अन्तिम १६ सम्म यात्रा गरिन् । यसपछि उनले अबुधाबी ओपन जितिन् । गत जुलाईमा विम्बल्डनको सेमिफाइनलमा पुगिन् तर, उनी च्याम्पियन इगा स्वियाटेकसँग पराजित भएकी थिइन् ।

यो प्रदर्शनपछि उनी वल्र्ड रेन्किङको टप २० मा पुगिन् । उनले गत वर्ष अक्टोबरमा पान प्यासिफिक ओपनमा उपाधि जितेकी थिइन् । यो उनको त्यस वर्ष दोस्रो उपाधि थियो ।

बेन्चिचले यूनाइटेड कपमा राम्रो गरेको बताइन् । उनले भनिन्–यो प्रतियोगिताले मलाई ठूलो आत्मविश्वास दिएको छ । म अहिले टप १० मा पुग्नु नै ज्यादै खुशी छु । यो कमब्याकले मलाई ठूलो बुस्ट गर्नेछ भन्ने लागेको छ । यो संभव पनि हुन सक्छ ।

Read more news from News of Nepal

Explore by Source or Category