सूर्य खड्का
|
6 days ago
सूर्य खड्का – मरेको लासले जसरी पुनर्जन्म पाउँदैन, आध्यात्मिक रूपमा चोला फेर्ला, त्यो अर्कै पाटो हो। त्यस्तै, जेनजी आन्दोलन २०८२ को दबाबमा विघटित प्रतिनिधि सभा पनि अब पुनःस्थापित हुन सक्दैन। यो राजनीतिक रूपमा जनविद्रोहद्वारा अस्वीकृत, कानुनी हिसाबमा संविधानभन्दा बाहिरबाट खोजिएको विकल्प मात्रै होइन, जेनजी आन्दोलनको आलोकमा खारेज भइसकेको मृत संस्था हो।
सूर्य खड्का
|
1 month ago
खासमा ऊ निरंकुश थियो, त्यसैले पहिला दमन गर्यो। दमनबाटै ऊ शक्ति प्रमाणित गर्न उद्धत थियो। तर सकेन। अनि भाग्यो। ऊ निर्दयी थियो, त्यसैले उसले सक्ने जतिलाई मार्यो, अन्तिमसम्म मारेरै राज गर्न खोज्यो, तर सकेन। अनि भाग्यो। निरंकुशहरु सुरुमा दमन गर्छन्, दमनमा नसकेपछि हारेर भाग्छन्। ऊ भगौडा निरंकुश थियो।
Salokya
|
2 months ago
हेडलाइन मेरो हैन। यो अहिले जेन जी आन्दोलनभन्दा अगाडि टिकटकमा ट्रेन्डिङमा रहेको गीतको बोल हो। ब्लगको सुरुमै केरमेट देख्दा अचम्म लाग्यो होला। खासमा मैले यी शब्द आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै लेखेको थिएँ। तर त्यसलाई पूरा नगर्दै देशमा अकल्पनीय घटना भयो। अहिलेसम्म त ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सिकिस्त घाइतेहरु बाँकी छन्।
Salokya
|
2 months ago
अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हिजो रातिको शपथ ग्रहणसँगै देशमा एक किसिमको अन्यौल हट्यो। आजदेखि निषेधाज्ञा र कर्फ्यु पनि हट्यो। सडकमा सेनाको उपस्थिति पनि देखिएन। एकछिन यसो निस्किएको थिएँ, जलेका भवनहरुमा सरसफाई चलिरहेको छ। बाटोको बीचमा रहेका जलाइएका गाडीहरुलाई छेउमा राखिएको छ। सफा गरे पनि टायर सहित अन्य वस्तु जल्दाको कालो दाग सडकहरुमा कायमै छ।
Salokya
|
2 months ago
ओली–देउवा मिलेर दुई-तिहाईको गणित मिलाउँथे, जेन-जीहरूले पाँच दिनमै त्यो गणितलाई क्याल्कुलेटरबाट delete गरेर नयाँ समीकरण निकालिदिए। एमाले कांग्रेसको झण्डै दुई तिहाईको सरकार विस्थापित गरी नयाँ अन्तरिम सरकार बन्यो जसका प्रमुखका रुपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आज राति शितल निवासमा शपथ ग्रहण गरेकी छिन्।
Salokya
|
2 months ago
नेपालमा हल्ला फैलाउन खासै धेरै बहाना चाहिँदैन। फेसबुकमा कसैले लाइभ हाने पुग्छ, बाँकीको काम भने ‘शेयर’ बटनले गरिदिन्छ। भदौ २६ गते राति पनि त्यस्तै भयो। तेजविक्रम कार्की नामका फेसबुक प्रयोगकर्ताले लाइभमा देखाए – “नम्बर प्लेट नै नभएको सेनाको बख्तरबन्द गाडी हेटौडाबाट काठमाडौं जाँदैछ।” भिडियोमा उनी आफै डराएका स्वरमा सुनिन्छन् – गाडी होइन, एलिएन गुडिरहेको देखेझैँ।
Salokya
|
2 months ago
देश हिजो हल्लैहल्लाले हल्लाएको थियो। तर हिजो रातभर केही महत्त्वपूर्ण कुरा पनि भएको छ जसलाई ‘नाइट सो’ छुटाउनु भएकाहरुका लागि छोटकरीमा १० बूँदामा १. सुशीला कार्की कार्डअन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरा त हुने निश्चित जस्तै भएछ। जेनजीले उनैलाई बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रपति पनि सहमत भएछन्। परम्परागत दलहरु पनि सहमत भएछन्।
Salokya
|
2 months ago
सोमबारको जेन जी प्रदर्शनपछि तीव्र गतिमा परिवर्तन हुँदै गरेको देशको राजनीतिक परिस्थिति आज चौथो दिनमा आइपुग्दा हल्लै हल्लाले हल्लाएको छ। पुष्टि कसैले गर्न सकेका छैनन् तर हल्ला त यस्तो छ मानौँ आजै मध्यरातसम्म केही भइसक्छ। कतिले राजा फर्काइसके, कतिले राष्ट्रपतिलाई थुतिसके। कतिले कू नै गराइसके।
Salokya
|
2 months ago
यहाँहरुमध्ये धेरैले ध्रुव राठीको भिडियो युट्युबमा हेर्नुहुन्छ होला। २९ मिलियनभन्दा बढी सब्सक्राइबर्स भएका उनले हिजो नेपालको बारेमा एउटा भिडियो राखे- जसमा सुरु मै भनिएको छ कि पूर्व प्रधानमन्त्रीको घरमा आगो लगाउँदा उनकी पत्नीको निधन भयो। प्रमाणका रुपमा उनले भारतीय मिडिया मिन्टको अनलाइनमा प्रकाशित समाचार राखेका थिए।
Salokya
|
2 months ago
हेडलाइनको जवाफ खोज्न ब्लग पढ्दै हुनुहुन्छ भने निराश हुनुपर्ने अवस्था छ। देशमा के भइरहेको छ, कसैलाई थाहा छैन। यति छिटो छिटो चेन्ज भयो कि भेउ पाउनै गाह्रो भइरहेको छ। सोमबार जेन जीको शान्तिपूर्ण भनिएको आन्दोलन भड्काइएपछि १, २ गर्दागर्दै १९ जनाको मृत्युको समाचार सुन्नु पर्यो।
Salokya
|
2 months ago
अहिले मैले ब्लगमा यी शब्दहरु लेखिरहँदा राजधानी काठमाडौँ एउटा नेतातन्त्रविरुद्ध आक्रोशको ज्वालामुखी फुटेको ठाउँका रुपमा परिणत भइरहेको छ। यी शब्द लेख्नुभन्दा अगाडि म काठमाडौँका केही ठाउँहरु घुमेको थिएँ। यति आक्रोश थियो, यति पीडा थियो कि के भनौँ। भन्नलाई त सरकारले बिहानैदेखि कर्फ्यु लगाएको घोषणा गरेको थियो।
Salokya
|
3 months ago
यसअघिको ब्लगमा मैले भदौ ४ गते ग्लोबल आइएमईको मोबाइल एपबाट भुक्तानी गर्न खोज्दा नभएको र पछि ब्याङ्कलाई इमेल गर्दा मात्र अदालतको आदेशमा खाता रोक्का भएको जानकारी पाएको लेखेको थिएँ। (छुटाएको भएको भए पढ्न यहाँ क्लिक गर्नुस्) अदालतले मलाई अहिलेसम्म मेरो ब्याङ्क खाता किन रोक्का भयो भन्ने जानकारी दिएको छैन।
Salokya
|
3 months ago
कल्पना गर्नुहोस्—तपाईँसँग नगद पैसा छैन। एक साँझ तपाईँ रकम भुक्तान गर्न मोबाइल ब्याङ्किङको क्युआर कोड स्क्यान गर्नुहुन्छ, तर असफल हुन्छ। एटिएम कार्ड चलाएर भुक्तान गर्न खोज्नु हुन्छ, तर मिल्दै मिल्दैन। पैसा तिर्नु पर्ने ठाउँमा रातो मुख लगाउनु बाहेक अरु के गर्न सकिन्छ ? यही अवस्था मेरो जीवनमा आयो अस्ति भदौ ४ गते।
Salokya
|
3 months ago
८२ दिनको मौनता ! जुन ४ मा माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा शीर्षकमा ब्लग लेखिसकेपछि झण्डै तीन महिना मौन रहेँ। मौनता पनि कहिलेकाहीँ चिच्याउँदो रहेछ। म भित्रैभित्र चिच्याइरहेको थिएँ, तर बाहिर लेख्ने हात चलेन। अहँ चल्दै चलेन। ८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्न कसैको कान थिएन।