npl.977 Nepal News Stream

Online Tv Nepal logo

Online Tv Nepal

Nepal number's 1 filmy news portal

Contents

मौन अवधिमा आचारसंहिता उल्लंघन गरे उम्मेदवारी नै खारेज गरिने

nabingiri 4 hours ago

काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने कुनै पनि गतिविधि भएमा आयोगलाई तुरुन्तै जानकारी गराउन आयोगलाई आग्रह गरेका छन् ।

भण्डारीले मौन अवधिमा ुअनधिकृत कामु बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए। ‘अनियमित र गैरकानूनी काममा संलग्नहरूको पहिचान गर्नुहोस् र त्यस्तो काम भएको भए हामीलाई जानकारी दिनुहोस्,’ उनले भनेका छन् ।

भण्डारीले वस्तुनिष्ठ प्रमाणको आधारमा कानूनद्वारा निषेधित गतिविधि पुष्टि भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेज हुने स्पष्ट पारे। त्यस्तै, दोषी ठहरिएकाहरूलाई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिनबाट वञ्चित गरिने चेतावनी दिए। ‘यदि त्यस्तो भयो भने शून्य सहनशीलता हुनेछ,’ उनले भने, ‘तपाईंले जे फेला पार्नुहुन्छ सूचना आयोगलाई दिनुहोस्। आयोगले कारबाही गर्न हिचकिचाउने छैन।’

सामाजिक सञ्जालको दुरुपयोगप्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण गराएको छ। मौन अवधिमा सामाजिक सञ्जाल मार्फत गलत तरिकाले सामग्री प्रसारण गरेर इच्छित उद्देश्य हासिल गर्ने प्रयास गरिएको पाइएमा स्रोत पुगेपछि कारबाही गरिने भण्डारीले बताए।

‘हामीले बारम्बार यस्ता सामग्री अहिले नै हटाउन अनुरोध गरेका छौं,’ उनले भने, ‘‘यदि मौन अवधिमा यस्ता समाचार प्रसारण भएमा स्रोत खोजेर कारबाही गर्नेछौं।’

निर्वाचन सकिएपछि आयोगले सकेसम्म चाँडो नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। मतपेटिका प्राप्त भएको २४ घण्टा भित्र नतिजा घोषणा गर्ने लक्ष्य आयोगले राखेको बताएको छ।

धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

nabingiri 5 hours ago

काठमाडौं । निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज भएको जानकारी दिए । कालोसूचीमा परेका साह रास्वपा वरिष्ठ नेता बालेन्द्र् साह बालेनका आफन्त हुन् ।

कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका साह २०८० मा कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त विवरणमा उल्लेख रहेको पाइएको छ।

महन्थलाई दिएको ३१ लाख फिर्ता माग्न जाँदा छोरी मिनाक्षीले धम्की दिएपछि तनावमा प्रियंका

अनलाइन टीभी नेपाल 22 hours ago

काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सादगी जीवनशैली अपनाउँछन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेर केन्द्रीय कोषाध्यक्षसमेत बनेका ठाकुर पछि तमलोपा गठन गरे । तमलोपा, राजपा, जसपा हुँदै उनी अहिले लोसपाका अध्यक्ष छन् । पटक पटक सांसद र मन्त्रीसमेत भएका ठाकुर आर्थिक रूपमा त्यति विवादमा तानिएका भने छैनन् । तर सर्लाही ५ बाट विगतमा पटकपटक सांसद भए पनि उनले विकास निर्माण मा त्यति रुचि देखाएनन्। सोही कारण उनी आफ्नै पूर्वस्वकीय अमरेशकुमार सिंहबाट पराजित बने ।

विगतमा महोत्तरी-३ जितदा समेत विकास निर्माण मा अभिरुचि देखाएनन्।सो क्षेत्रमा उनले आफ्नी छोरी मिनाक्षी ठाकुरलाई जसपा को उम्मेदवार बनाएका छन् । सो क्षेत्रमा कांग्रेसका बजरंग नेपाली मैदानमा छन् । तर महन्थकी छोरी मिनाक्षी भने अहिले पहिले लगेको पैसा फिर्ता माग्न जाँदा एक युवतीलाई गालीगलौजसहित धम्की दिएका कारण विवादमा तानिएकी छन् । यसरी महन्थबाट ठगिनेमा महोत्तरीकै सुरेश पाण्डेका छोरी प्रियंका पाण्डे हुन् । प्रियंका पाण्डे पेशागत रूपमा Structural इन्जिनियर हुन्। विगतमा मिनाक्षी र प्रियंकाबीच हार्दिक सम्बन्ध थियो ।

उनका बुवा सुरेश पाण्डे महन्थ निकट भएकाले प्रियंकाले चुनावमा सहयोग गर्न भन्दै ३३ लाख सापटी दिएकी थिइन् । तर मिनाक्षीले दुई लाखबाहेक अहिलेसम्म अरु रकम फिर्ता नगरेको दुखेसो प्रियंका गरेकी छन् । प्रियंकाले सामाजिक सञ्जालमै यसबारे यथार्थ सार्वजनिक गरेकी छन् । महोत्तरी ३ की लोसपा एउटी छोरीको पीडा भन्दै उनले लेखेकी छन्, ‘माननीय महन्थ ठाकुरले विगतको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. ३ बाट उम्मेदवारी दिँदा विभिन्न व्यवस्थापन खर्चहरू मेरो परिवारमार्फत उधारोमा गरिएको थियो ।

उक्त रकम फिर्ता गर्ने कुरा उहाँले स्वयं स्वीकार गर्दै रु. ३३ लाख फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सुरुमा रु. २ लाख मात्र दिनुभयो, त्यसपछि भने पूर्ण रूपमा भुक्तानी रोकियो। करिब तीन वर्ष बितिसक्दा पनि बाँकी रकम फिर्ता भएको छैन ।’ प्रियंकाले महन्थ ठाकुरसँग पैसा माग्न जाँदा मिनाक्षीले आफूलाई अपमानजनक व्यवहार देखाएको बताएकी छन् ।

‘मेरो बाँकी रकम माग्न र घरमा बारम्बार ताकेता आउन थालेपछि मैले आफूले चुकाउँदै आएको अवस्थाबारे जानकारी गराउन ठाकुरजीकहाँ जाँदा उहाँकी छोरी तथा हाल महोत्तरी ३ की उम्मेदवार डा. मिनाक्षी ठाकुरबाट जथाभावी गाली–गलौज र अपमानजनक व्यवहार सहनुप¥यो। यस्तो व्यवहार अत्यन्त दुःखद र अस्वीकार्य छ। गाली–गलौज र दुव्र्यवहारले सत्य बदलिँदैन। उहाँहरूले मेरो पैसा फिर्ता गर्नैपर्छ— यो नै मेरो न्यायोचित माग हो । आज जसले निर्वाचनको व्यवस्थापन गरिरहेका छन्, उनीहरूले पनि बुझून्— चुनाव सकिएपछि खर्चको भार अन्ततः उनीहरूकै काँधमा पर्न सक्छ।

यस्तो प्रवृत्ति दोहोरिँदै आएको देखिन्छ। मेरो बुवा सुरेश पाण्डेयले उहाँहरूलाई दुई–दुईपटक सहयोग गर्नुभएको थियो। मधेस आन्दोलनका कारण हामीले भोगेको पीडामाथि पनि यस्तो व्यवहार हुनु अत्यन्त दुःखद छ । के यस्ता व्यवहार गर्ने व्यक्तिहरू हाम्रो प्रतिनिधि बन्न योग्य छन्? महोत्तरी ३ का जनताले अब गम्भीर भएर सोच्ने बेला आएको छ,’ उनले लेखेकी छन् । विगतमा वैदेशिक कोष देखि ‘सवारी काण्ड’ सम्मका घटनामा आफ्ना पिताको शक्ति र प्रभाव प्रयोग गरी विवादको केन्द्रमा रहेकी मीनाक्षी, यो पटक एक पेशेवर व्यक्तिको रकम फिर्ता नगरी उल्टै आक्रामकता प्रदर्शन गर्ने तहमा ओर्लिएकी छन्।

एक जनप्रतिनिधिबाट अपेक्षित न्यूनतम व्यावसायिक मर्यादा, नैतिकता र जवाफदेहिताको बदलामा देखिएको यो ‘गैर-जिम्मेवार’ व्यवहारले ‘हामीले खोजेको परिवर्तन’ माथि नै गम्भीर प्रश्न खडा गरेको छ। शक्तिको आडमा गरिने यस्ता व्यावसायिक बेइमानी र आर्थिक अपारदर्शिता कुनै पनि लोकतान्त्रिक प्रणालीमा क्षम्य हुन सक्दैन। अन्त्यमा, प्रश्न उही बाँकी रहन्छ— के राजनीतिक विरासत नै ‘विधिको शासन’ भन्दा माथि हो?

Explore news by Source or Category