शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?
जयराम गौतम
|
23 hours ago
काठमाडौं । शेयर बजार बुधबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ को विन्दुमा बन्द भएको छ।
आज नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। यो दिन वित्त समूह सर्वाधिक २.५५ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.४१ प्रतिशतले घटेको छ।
यो दिन नेप्सेमा रहेका १२५ कम्पनीको शेयरभाउ बढेको छ भने १२४ कम्पनीको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज करिब सवा ६ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः २६ करोड २४ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः २३ करोड २६ लाख रुपैयाँ
- एसवाई प्यानलः २२ करोड १ लाख रुपैयाँ
- मञ्जुश्री फाइनान्सः २१ करोड ३८ लाख रुपैयाँ
- दोर्दी खोला जलविद्युतः १९ करोड ३० लाख रुपैयाँ
- बुटवल पावर कम्पनीः १८ करोड ५७ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः १६ करोड ४८ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १३ करोड १७ लाख रुपैयाँ
- श्रीनगर एग्रीटेकः ११ करोड ६९ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ११ करोड ५३ लाख रुपैयाँ