npl.977 Nepal News Stream

#breaking

Contents
Himal Press logo Himal Press

कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय समितिको नामावलीसहित]

Madhav P. Nepal 5 hours ago

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भए। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीहरूमा महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा चयन भएका छन्। खसआर्यतर्फ उदयशमशेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर चयन भएका छन्। थारूतर्फको सहमहामन्त्रीमा योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

Himal Press logo Himal Press

गगन-विश्व कांग्रेसबाट ५ वर्षका लागि निष्कासित

Keshav Rana Chhetri 14 hours ago

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह अन्सारीलाई कारबाहीमा परेका छन्। सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलगायतलाई ५ वर्षका लागि निस्कासन गरेको हो।

बैठकले महाधिवेशन पक्षधरहरुरूलाई आफ्नै भूमिकामा फर्कन पनि आह्वान गरेको केन्द्रीय सदस्य मीनाक्षी झाले बताइन्।

यता भृकुटीमण्डपमा भने विशेष महाधिवेशन जारी राखेको छ।  निर्वाचन कार्यतालिकाअनुसार आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु गर्ने तयारी छ।

Explore by Source or Category