npl.977 Nepal News Stream

#Sports

Contents
BIZMANDU logo BIZMANDU

सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक निरजको अग्रता

Mukunda Ghimire 8 hours ago

काठमाडौँ। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन अग्रता बनाएका छन्। नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका हुन्।

उनीभन्दा ३ स्ट्रोकले पछि रहँदै ३-अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन्। १-अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्माले संयुक्तरुपमा चौथो स्थान बाँडे। यस्तै इभन-पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्तरुपमा आठौं स्थानमा रहेका छन्।

एमेच्योरतर्फ राहुल र प्रकृत १-अन्डर ६९ सहित संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन्। राम तामाङ १-ओभर ७१ सहित तेस्रो स्थानमा रहे। राहुल पहिलो प्रतियोगिता सेन्ट्रल ओपनका च्याम्पियन हुन्।

तीन दिनसम्म चल्ने ५४ होलको यो प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। शीर्ष १८ स्थान सम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन्। ३६ होलको खेलपछि कट लागु हुनेछ। जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन्।

यो सिजनको समग्र पुरस्कार राशि भने ८० लाख रुपैयाँ रहेको छ।

The post सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक निरजको अग्रता appeared first on BIZMANDU.

Tourism Face logo Tourism Face

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले आयोजना गरिएको हाफ म्याराथनको उपाधि सनम गुरुङले जिते

Tourism Face 14 hours ago

 टुरिजमफेस
तनहुँ । व्यास नगरपालिका-६ बाह्रबिसे युवा क्लबले आज आयोजना गरेको व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि आँबुखैरेनीका सनम गुरुङले जितेका छन् । 

चौतीस धावकलाई पछाडि पार्दै व्यास–३ व्यास गुफादेखि व्यास–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथनमा गुरुङ प्रथम भएका हुन् ।

म्याराथनमा शुक्लागण्डकी नगरपालिकाका टोपबहादुर कुमाल द्वितीय र भानु नगरपालिकाका आदित्य जिसी तृतीय भए । विजेतालाई क्रमशः रु ३५ हजार, रु २५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष ज्ञानबहादुर गुरुङले जानकारी दिए । 

दुई धार्मिक तथा पर्यटकीय स्थल व्यासगुफा र गलेखामकोटलाई खेलकुदको माध्यमबाट जोड्ने र दुवै ठाउँको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित हाफ म्याराथन गरिएको उनले जानकारी दिए । व्यासका नगर प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदले दुई ठाउँको धार्मिक पर्यटन प्रचारप्रसारमा सहयोग पुग्ने धारणा राखे । 

उनले भने, “व्यास गुफा महत्वपूर्ण धार्मिकस्थल हो, गलेखामकोट धार्मिक र ऐतिहासिक हिसाबले महत्वपूर्ण कोट हो, त्यसको विकास र प्रवद्र्धनका लागि जुटेका छौं ।” म्याराथनले गलेखामकोटसम्म भावनात्मक हिसाबले सम्बन्ध जोड्न सहयोग पुगेको बताउँदै नगरप्रमुख न्यौपानेले गलेखामकोटको थप प्रचारप्रसार गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । नगरपालिकाले माघ १६ गते मानुङकोटदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्न लागेको बताउँदै नगरप्रमुख न्यौपानेले खेललाई पर्यटनसँग जोडेर जानुपर्ने धारणा राखे । 

The post पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यले आयोजना गरिएको हाफ म्याराथनको उपाधि सनम गुरुङले जिते first appeared on Tourism Face.

BIZMANDU logo BIZMANDU

संघका वन र खेलमन्त्रीको कर्णालीका मुख्यमन्त्री कँडेलसँग चर्काचर्की, ‘कसरी सम्भावना हुन्छ?’

Mukunda Ghimire 16 hours ago

काठमाडौं। संघका दुई विभागीय मन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलबीच चर्काचर्की परेको छ। दशौँ राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र वनमन्त्री माधवप्रसाद चौलागाईं र मुख्यमन्त्री कँडेलबीच भनाभन भएको हो।

दशौँ राष्ट्रिय खेलकुद दुई वर्षपछि गर्ने भनेर कर्णाली प्रदेशले २०७९ कात्तिक ३ मा पोखराबाट झण्डा लिएको थियो। त्यसयता पटक-पटक मिति सरेर पनि राष्ट्रिय खेलकुद भएको छैन। जेनजी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्रालय सम्हालेका बब्लु गुप्ताले दशौँ राष्ट्रिय खेलकुद फागुन पहिलो साता गर्ने निर्णय गरेका छन्। तर, यसको तयारीलाई हेर्दा तोकिएको समयमा नहुने निश्चित छ।

गुप्ता मन्त्रीमा आएयता कर्णाली प्रदेश सरकारसँग सुरुबाटै सुझबुझ राम्ररी देखिएको छैन। यसअघि पनि पहिलो संवादमै प्रदेश चिढिएको बुझिएको थियो। यसपटक भने खेलकुद मन्त्री र मुख्यमन्त्री आमनेसामने भएरै भनाभन भएको हो।

मुख्यमन्त्रीले फागुनको निर्वाचन पनि रहेको भन्दै विभागीय मन्त्रीहरुले आआफ्नो कुरा गर्ने गरेको बताए। ‘दशौँ राष्ट्रिय खेलकुदको वर्कप्लान चाहियो। सेड्युलसहितको योजना पाएको छैनौँ। त्यसपछिमात्रै योजना बनाउन सकिन्छ, ‘ उनले भने।

उनले मैदानको अवस्था देखाएर रोक्ने कुरा नगर्न आग्रह गर्दै आफ्नो प्रक्रिया पूरा गरेर वर्क प्लान लिएर आउन र यसमा प्रदेश सरकारले आफ्नो तर्फको काम गर्ने बताए। ‘चौथो पटक हो मिति तोकेको। यसलाई विश्वासनीय हिसाबले लिने पक्षमा प्रदेश सरकार छैन। खेल भएछ भने हामी सहभागी हुनेछौं,’ उनले भने।

यस्तोमा मन्त्री गुप्ताले टेण्डर प्रक्रिया सकिने गरेर मितिभित्र गराउने योजना रहेको बताउँदै अर्थ र खेलकुद मन्त्रालयबीचको प्रक्रियाले ढिला भएको जिकिर गरे। त्यसपछि राखेप सदस्यसचिवले भने यसपटकको मितिमा पनि कन्फिडेन्ट नभएको बताएपछि मुख्यमन्त्री थप चिढिए।

‘अर्को मिति नतोकुन्जेल यही मिति हो। सैद्धान्तिक हिसाबले हेर्दा हुने भनेर कन्फिडेन्स हुन सकेका छैनौँ,’ सदस्यसचिवले भने।

त्यसपछि जंगिएका मुख्यमन्त्रीले सोधे – ‘तपाइँहरु तोकिएको मितिमा खेल खेलाउने सल्लाह गर्न आउनु भएको हो कि अर्को मिति कहिले गरौँ भनेर आउनु भएको?’

बब्लु गुप्ताले सहकार्य गर्न चाहेको बताए। मुख्यमन्त्रीले फेरि वर्कप्लान मागे। प्रदेश सरकारलाई योजनामा सामेल गरेकोमा सहयोग हुने बताए।

‘खरिद प्रक्रियाबाट जाने कुरा गर्दा प्रक्रियामा सामेल हुनुभएकै छैन, यसरी त खेल हुन्न,’ मुख्यमन्त्री कँडेलले भने, ‘अहिलेसम्मको तयारीले सरकारी प्रक्रिया पूरा गरेर राष्ट्रिय खेलकुद हुने सम्भावना म चाहिँ देख्दिन। गराउनु भयो भने हाम्रो तर्फबाट असहयोग हुँदैन।’

त्यसपछि वन तथा वातारवरण मन्त्री माधव चौलागाइले आफू पनि कर्णालीको बासिन्दा भएको भन्दै मुख्यमन्त्रीले अन्य प्रदेश सरह सहभागिता जनाउँछु भन्नुमा सहमत हुन नसकिने बताए। त्यसमा मन्त्री गुप्ताले सही थप्दै यहाँ कर्णालीमा राष्ट्रिय खेलकुद गराउनु परो भनेर तानेर ल्याएर अहिले यस्तो कुरा गर्ने भन्दै चर्किए।

यस्तोमा जंगिएका मुख्यमन्त्रीले ‘जुन सरकारको खेलकुद गर्ने छाँटकाँट नै छैन। कसरी सहयोग गर्ने?,’ भने

त्यसपछि नागरिक पक्षबाट हामी बोल्छौ भन्दै मन्त्री गुप्तासँग गएका व्यक्तिहरु बोल्न थाले। मुख्यमन्त्रीले अस्वीकार गरे। ‘सरकारसँग कुरा गर्छौं। पछि अलग गरौँला,’ भने।

उनीहरु नरोकिइ मुख्यमन्त्री र प्रदेशलाई दोष दिन थालेपछि मुख्य मन्त्रीले दुई विभागीय मन्त्री गुप्ता र चौलागाइतर्फ हात देखाउँदै मुख्यमन्त्रीले सोधे – ‘तपाइँहरु यही वार्ता गर्न आउनु भएको हो?’

The post संघका वन र खेलमन्त्रीको कर्णालीका मुख्यमन्त्री कँडेलसँग चर्काचर्की, ‘कसरी सम्भावना हुन्छ?’ appeared first on BIZMANDU.

Explore by Source or Category