npl.977 Nepal News Stream

#SPECIAL

Contents
Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

सामाजिक सञ्जालको दुरुपयोग रोक्न के गर्दैछ निर्वाचन आयोग ?

Sudarshan Shrestha 1 hour ago

काठमाडौँ । निर्वाचनको मौन अवधि सुरु भएसँगै निर्वाचन आयोगले आचारसंहिता पालना र सामाजिक सञ्जालको प्रयोगमा कडा निगरानी बढाएको छ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमनकर्ताहरु मार्फत निरन्तर रिपोर्टिङ लिने काम भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

पहिलो रणनीति अन्तर्गत, कुनैपनि सूचना लाइक, सेयर वा कमेन्ट गर्नुअघि त्यो सत्य र आधिकारिक हो वा होइन भनी यकिन गर्न सार्वजनिक रुपमा अपिल गरिएको गरेको भट्टराईले बताएका छन् ।

यसुका लागि आयोगले प्रवद्र्धनात्मक तरिकाले सम्झाउने र बुझाउने काम गरिरहेको छ । दोस्रो रणनीति अन्तर्गत कसैले सामाजिक सञ्जालमार्फत गालीगलौज गर्ने, अपमान गर्ने वा भ्रामक सूचना फैलाउने जस्ता कानुन विपरीतका कार्य गरेमा कडा कारबाही गरिने स्पष्ट पारेका छन् । यसका लागि आयोगमा ‘सूचना सदाचार प्रवद्र्धन इकाई’ गठन गरिएको छ । जसले यस्ता गतिविधिहरुको सुक्ष्म निगरानी गरिरहेको छ ।

त्यस्तै, आयोगले सामाजिक सञ्जाल सञ्चालक कम्पनीहरु, नेपाल प्रहरी, प्रेस काउन्सिल र नेपाल दूरसञ्चार प्राधिकरण जस्ता नियमनकारी निकायहरुसँग नियमित समन्वय र सहकार्य गरिरहेको पनि भट्टराईले बताएका छन् । विज्ञहरुको टोलीले आयोगमै बसेर सेवा दिइरहेको हुँदा कानून विपरीतका गतिविधि गर्नेहरु तत्काल कानूनी दायरामा आउने प्रवक्ता भट्टराईले बताएका छन् ।

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

नेप्सेद्वारा ब्रोकरका लागि अनिवार्य ‘आईटी अडिट’ व्यवस्था लागू

Sudarshan Shrestha 15 hours ago

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइड लाइन्स, २०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि (आईटी) अडिट व्यवस्था लागू गरेको छ ।

नयाँ प्रावधान अनुसार प्रत्येक ब्रोकरले दुई वर्षमा कम्तीमा एकपटक आईटी अडिट गराउनुपर्नेछ भने नयाँ ब्रोकरले कारोबार सुरु गरेको ६ महिनाभित्र पहिलो अडिट सम्पन्न गर्नुपर्नेछ । 

अडिट मान्यता प्राप्त आईटी विज्ञ वा अडिट फर्ममार्फत गराइ प्रतिवेदन नेप्सेसमक्ष पेस गर्नुपर्नेछ । निर्देशिका अनुसार ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस), ब्याक अफिस सफ्टवेयर, ग्राहक डेटा व्यवस्थापन, सर्भर, डाटाबेस, नेटवर्क, वेबसाइट तथा मोबाइल एप लगायत सम्पूर्ण डिजिटल संरचना परीक्षणको दायरामा पर्नेछन

त्यस्तै, प्रयोगकर्ता प्रमाणीकरण, डेटा ब्याकअप, फायरवाल, इन्क्रिप्सन र साइबर सुरक्षा नीतिको प्रभावकारिता पनि अनिवार्य रूपमा परीक्षण गर्नुपर्नेछ । 

नेप्सेले अनलाइन कारोबार विस्तारसँगै बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै अडिटलाई संस्थागत गरेको जनाएको छ । निर्देशिका उल्लङ्घन गर्ने ब्रोकर कम्पनीमाथि कारबाहीको व्यवस्था समेत राखिएको छ ।

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

चुनावको मुखमा ‘पेट्रोल सर्टेज’ को अफवाह, हल्लै-हल्लाकाबीच पम्पहरुमा व्यापक भीड (तस्विरहरु)

Sudarshan Shrestha 18 hours ago

काठमाडौँ । चुनावको मुखमा काठमाडौँ लगायत विभिन्न ठाउँका पेट्रोल पम्पमा व्यापक भीड लागेको छ । एकाएक पेट्रोलियम पदार्थको ‘सर्टेज’ हुने अफवाह फैलिएपछि पेट्रोल पम्पहरुमा सर्वसाधारणको व्यापक भीड लागेको हो ।

यसो त चुनावमा पेट्रोलियम पदार्थ नपाइने हल्ला सोमबारदेखि नै चलेको थियो । 

तर, नेपाल आयल निगमले भने निर्वाचनमा पनि इन्धन नियमित हुने बताएको थियो । यद्यपि अहिले काठमाडौँका विभिन्न पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन लागेको छ । अझ कतिपयले त जार र जर्किन नै लिएर पनि पेट्रोल पम्प पुगेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Artha Sarokar :: Nepal's No.1 Economic News logo Artha Sarokar :: Nepal's No.1 Economic News

२१ गते चुनाव हुँदैन भन्ने ज्योतिष रुद्रनाथ पक्राउ, परिवार भन्छन- ‘१० मिनेट कुरा गर्नुपर्यो भनेर लगे’

Sudarshan Shrestha 23 hours ago

काठमाडौँ । ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ परेका छन् । चुनाव नहुने भन्दै भविष्यवाणी गरेका अधिकारीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । 

उनले ग्रहण लाग्ने समयमा चुनाव गर्ने मिति तोकिएको भन्दै चुनाव नहुने र भए पनि अनिष्ठ हुने भविष्यवाणी गरेका थिए । 

निर्वाचन नहुने भन्दै भविष्यवाणी गरेर निर्वाचन बिथोल्ने गतिविधि गरेको भन्दै उनलाई मच्छेगाउँस्थित उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

परिवार स्रोतका अनुसार ज्योतिष अधिकारीलाई नियन्त्रणमा लिँदा प्रहरीले कुनै पुर्जी वा कागज देखाएको थिएन । उनलाई १० मिनेट कुरा गर्नुपर्यो भन्दै लगिएको परिवार स्रोतको भनाई छ । तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि बुझ्दा उनलाई पठाउन नमिल्ने र सम्मानसाथ राखिएको प्रहरीले बताएको अधिकारीको पारिवारिक स्रोतले बताएको छ । 

अन्य ज्योतिषीहरुले भने उनको पक्राउको विरोध गरेका छन् ।

Explore by Source or Category