टुच्च बढ्यो नेप्से, ६ अर्बमाथिको कारोबार
काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक टुच्च बढेको छ । बुधबार नेप्से परिसूचक १.५२ अंकले बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३२० कम्पनीको १ करोड २५ लाख ४ हजार ९७० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ६ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, ९ % आईसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८८ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।